बारा प्रहरीद्धारा चाड पर्ब लक्षित शान्ति सुरक्षा सम्बन्धि स्थानीय तहका प्रमुखहरुसँग अन्तरक्रिया

गढिमाइ खबर
203 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

गढीमाई संवाददाता/

चाड पर्ब लक्षित शान्ति सुरक्षालाई मध्य नजर गरी जिल्ला प्रहरी कार्यालय बाराले स्थानीय तहका प्रमुखहरुसँग अन्तरक्रिया गरेको छ ।

बाराका १६ वटै स्थानीय तहका प्रमुखहरुसँग राखिएको परिचयात्मक कार्यक्रममा बडा दशै, शुभ दिपालवी तथा छठ पर्ब लक्षित शान्ति ,सुरक्षा कायम गर्ने बिषयमा छलफल गरिएको थियो ।

स्थानीय तहका प्रमुखहरु आफनो स्थानीय तहको क्षेत्रभित्र हुन सक्ने संम्भाबित जोखिम , दुर्घटना तथा घट्नाको बिषयमा जिल्ला प्रहरी कार्यालय बाराका प्रमुखको रुपमा आएका प्रहरी उपरिक्षक सुरेश प्रसाद काफ्लेलाई अवगत गराएका थिए ।

कार्यक्रममा शान्ति सुरक्षा कायम गर्ने लगायत अन्य बिभिन्न समसामाहिक विषयमा आवश्यक छलफल तथा अन्तरक्रिया भएको थियो ।

साझा गर्नुहोस्