श्रीकान्त कुमार गुप्ता/
बाराको जलस्रोत तथा सिचाई बिकास कार्यालयले गर्दै आएको चरम लापरवाहीले बारामा सिचाई अभाव भएको भन्दै किसानहरुले आरोप लगाउन थालेका छन ।
सिचाई अभावका कारण बारामा असार मसान्तसम्ममा २५ प्रतिशत पनि धान रोपाई हुन नसकेको चौतर्फी भनाभन हुन थालेपछि किसान र स्थानीय नेताहरु आक्रोशित हुन थालेका छन ।
जलस्रोत तथा सिचाई डिभिजन डिभिजन कार्यालयमा भारतीय किसानले नेपालको पानीबाट खेतीपाती गरेर मेट्रोन धान , चावल मकै र ,तरकारी लगाएत विभिन्न खाद्यान्न नेपालमा बेचेर भारती किसान कृषि पेसामा आत्मा निर्भर बनेका छन। तराई मधेसका जिल्लामा डिभिजन सिचाइ कार्यालयले नदी नाला र नहरलाई प्रभावकारी ब्यवस्थापन नगरेको कारणले किसानलाई हरेक बर्ष कृषि क्षेत्रबाट प्रती किसानलाई लाखौ रुपैया क्षती बेहोर्नु परिरहेको छ ।
गत बर्ष कार्तिक मंसिर महिना सुरु हुने बितिकै खेतमा गहुँ बालि लगाएका किसानहरुले सिचाई अभावका कारणले प्रती किसानलाई एक लाख देखि दश लाख भन्दा बढी मार्कामा परेको थियो।त्यस्तै गतबर्ष पनि पानीको अभावमा धान रोपाई हुन सकेका थिएन ।
किसानले एक लाख देखि १५ लाख क्षती बेहोरेको थियो स्थानीयको अनुसार जलस्रोत तथा सिचाई बिकास डिभिजन कार्यालयको अक्रमताको कारण हरेक बर्ष बजेट फृज हुने गरेका छन ।
समयमा ठिक्कापटा नगराएको र समय काम सम्पन्न नगाएको कारणले किसान हरेक बर्ष खेतीमा घाटा बेहोरेको राजेश रौनियार बताउछन । नेपालको पानीबाट भारत किसानले सतुपयोग गरेर कृषि पेशामा आत्मा निर्भर बनेका छन ।तर नेपालका किसानले हरेक बर्ष घाटा बेहोरी रहेका छन
जुन ठाउँमा नदि नाला छैन त्यस ठाउँका किसानले मर्कामा परेका छन । बजेट अभावको कारण अरु ठाउँमा सिचाईको ब्यवस्थापन नभएको महासेटले बताए ।









