अनिल कुमार साह/
हिजो मंगलबार बेलुका ५ बजेको समयमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको विषेश प्रहरी टोलीले Human Intelligence को आधारमा एक जनालाई पक्राउ गरेको छ।
उनलाई जिल्ला बारा परवानीपुर गा.पा.वडा न. ५ गण्डक नहर स्थित सडक खण्डमा विरगंजबाट कलैया तर्फ आउदै गरेको ना.१६ प ४०१६ नं.को मोटरसाइकल चेकजाँच गर्ने क्रममा पक्राउ गरिएको थियो।
पक्राउ पर्नेमा जिल्ला पर्सा विरगंज म.न.पा.वडा न.३ मा बस्ने वर्ष ४० को राजेश साह सोनार रहेको बताइएको छ। उनीबाट मोटरसाइकलमा लुकाई छिपाई राखेको अं ४ किलो चाँदीको गर-गहनाहरु अं.मूल्य रु.५ लाख बराबरको फेला परेकोले निज राजेश साह सोनारलाई तत्काल उक्त चाँदीको गर-गहनाहरु सहित पक्राउ गरी थप अनुसन्धनको कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी गराएको छ।