मतदाताको प्रतिबद्धता यसपालि रहबरलाई नै जिताउँछौ

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 423
पढ्न लाग्ने समय : 1 मि.

वीरगञ्ज
प्रतिनिधिसभा क्षेत्र नम्बर १ को प्रदेशसभा १ का पाँच दलीय गठबन्धनका साझा उम्मेदवार रहबर अन्सारीले आईतबार गठबन्धन दलका नेता कार्यकर्ताहरु सहित घरदैलो गर्नु भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १४ मा उहाँले घरदैलो गर्नुभएको हो ।

गठबन्धनको घटक दल नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुसँग गरिएको घरदैलो कार्यक्रमम अन्सारीलाई मतदाताहरुले भव्य स्वागत गरेका थिए ।

प्रदेशसभा निर्वाचनमा यसअघि जितेर गएका जन्नत अन्सारीले जनताको चाहाना र भावना अनुसार काम नगरेको बताउदै स्थानीयले आउने निर्वाचनमा नयाँ जोश, विचार र भिजन भएका भरोसा योग्य युवा रहबरलाई साथ दिने प्रतिवद्धता जनाएका छन् ।

सुशासन, समृद्धि र विकासका लागि नीति निर्माण तहमा पुग्ने जनप्रतिनिधि शिक्षित र जनताको आवाज बन्न सक्नुपर्ने बताए । उनीहरुले जुनसुकै पार्टीका व्यक्ति खराब भयो भने व्यावस्था पनि खराब हुने भन्दै पार्टी भन्दा व्यक्तिको क्षमता, योग्यता र योजनावद्ध काम गर्नेलाई नै रोज्नुपर्ने बताएका थिए ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।