महादेव मन्दिर धार्मिक पर्यटकिय संरक्षण समितिको तेस्रो अधिवेशन साधरणसभा

गढिमाइ खबर
58 पाठक संख्या पढ्न लाग्न समय 2 मिनेट
पढ्न लाग्न समय 2 मिनेट

डुमरवाना

जलेश्वर महादेव मन्दिर धार्मिक पर्यटकिय संरक्षण समितिको तेस्रो अधिवेशन साधरणसभा शनिवार सम्पन्न भएको छ ।

तेश्रो साधारणसभाका प्रमुख अतिथि डिभिजन वन कार्यालय बाराका प्रमुख प्रमुख मंजुर महमदले सबैको सहकार्यले गर्दा अगाडि बढेको पर्यटकिय क्षेत्रमा अझै पनि हातेमालो गर्दै अगाडि बढन डिभिजन वन कार्यालय बारा तयार रहेको बताएका छन ।

बन क्षेत्रसंग जोडिएका धार्मिक स्थलहरू मध्य जलेश्वर महादेव मन्दिर धार्मिक पर्यटकिय क्षेत्र उत्कृष्ट रहेको डिभिजन प्रमुख महमदले बताए । जलेश्वर परिसर भित्र बन संरक्षणमा टेवा पुग्ने क्रियाकलाप गरेकोमा पनि त्यस क्षेत्रका बासिन्दालाई धन्यवाद दिदै आगामी दिनमा समेत सहकार्य गर्दै गराउदै जानेमा आफुहरू तत्पर रहेको जनाए ।

कार्यक्रममा वडा नं १६ का वडा अध्यक्ष केदारनाथ बजगाईले जलेश्वर महादेव धार्मिक पर्यटकीय स्थलमा वडाको तर्फबाट आगामी दिनमा समेत सहकार्य गरि अधुराकामहरू पुरा गर्ने तर्फ आफु दत्तचित्त भएर लाग्ने र गुरूयोजना बनाएर यर क्षेत्रलाई नगरकै पर्यटकीय स्थल बनाउन सबै हातेमालोको आवश्यकता रहेको बताए । हाल सम्म पर्यटकिय क्षेत्र परिसर भित्र यज्ञशाला,रमणीय पोखरी,कार्यक्रम गर्न मिल्ने सभाहल, रूद्राक्ष,रक्तचन्दन लगायतका संरचना तथा विरूवाहरू रहेकोले यसको संरक्षणमा लागेर अगाडि बढ्नु पर्नेमा वडा अध्यक्षले जोडदिनु भयो ।

वार्षिक अधिवेशन साधारणसभामा लेखा समिति संयोजक गणेशराज रिजालले आर्थिक प्रतिवेदन र सचिव राजन प्रसाद रिमालले पेश गरेको संस्थागत प्रतिवेदन सभाले पारित गरेको छ । कार्यक्रमको संचालन ठगेन्द्र घिमिरेले गरेका थिए भने कार्यक्रममा लेखा समिति सदस्य मुना अधिकारीले स्वागत गरेको कार्यक्रमको सभाअध्यक्ष दुर्गा प्रसाद शिवाकोटीले गर्नुभएको थियो ।

यस्तै तेस्रो अधिवेशन साधारणसभाले दुर्गा प्रसाद शिवाकोटीको अध्यक्षता १३ सदश्यीय कार्यसमिति चयन भएको निर्वाचन समितिका प्रमुख गंगा प्रसाद मैनालीले जानकारी दिनुभयो ।

सर्वसहमति हुन नसकेपछि साधारणसभा निर्वाचन तर्फ मोडिएकाले निर्वाचन गराउन परेको प्रमुख मैनालीले जानकारी दिनुभयो । निर्वाचन परिणाम अनुसार उपाध्यक्षमा मोहनकुमार पौडेल सहित रविन्द्र भण्डारी, गोविन्द प्रसाद ओझा, सफला खरेल,चन्दन थापा, कल्पना सुवेदी,मुना अधिकारी,उदयराज मैनाली,राजन प्रसाद रिमाल,नवराज रिमाल,सुर्य प्रसाद रिमाल,रमेशचन्द्र घिमिरे र द्रीचन्द्र घिमिरे चयन भएका छन ।

साझा गर्नुहोस्