रञ्जन यादब
बारा २७ बैशाख
आसन्न स्थानीय तहको निर्वाचनमा जीतपुरसिमरा उपमहानगरमा प्रतिगमनलाई परास्त गर्न राजन र मेघाको आवश्यकता खड्किएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचन्डले बताउँनुभएको छ ।बैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचन जनमत संग्रह जस्तै हुन लागेको भन्दै पाँच दलिय गठबन्धको उम्मेदवारलाई जिताउँन प्रचन्डले आग्रह गर्नुभएको हो । बाराको जीतपुरमा आयोजना गरिएको पाँच दलिय गठबन्धनको बृहत चुनावी सभालाई सम्बोधन गर्नु हुँदै अध्यक्ष प्रचण्डले नेकपा एमालेले गरेको गठबन्धनलाई संबिधान उल्ट्याउँने ,संघियता बिरोधी र राजतन्त्र ब्युताउँने शक्तिहरु गठबन्धनको रुपमा टिप्पणी गरेका छन् । उहाँले एमालेका अध्यक्ष ओलि नेतृत्वको गठबन्धनलाई प्रतिगामी गठबन्धनको रुपमा ब्याख्या गर्दै त्यसलाई हराउँनकोलागि प्रगतिशील पाँच दलीय गठबन्धनको उम्मेदवारलाई जिताउँन आवश्यक रहेको बताउँनुभयो ।
साँत दशक लामो सङ्घर्ष पछि उपलब्ध भएको उपलब्धीहरुको रक्षाकोलागि भएको पाँच दलिय गठबन्धन स्थानीय ,प्रदेश र संघको निर्वाचनसम्मकोलागि मात्र नभई देश निर्माण ,राजनैतिक स्थिरता र देशलाई समृद्धितर्फ ल्यैजानेसम्मकोलागि भएको भएको बताउँनुयो । जीतपुरसिमरा उपमहानगरपालिकामा पाँच दलिय गठबन्धनको तर्फबाट मेयर पदमा माओवादी केन्द्रका राजन पौडेल र उपमेयर पदमा नेपाली काग्रेसकी मेघा शाहीले उम्मेदवारी दिनुभएको छ ।