कलैया : प्रहरीले बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १८ बाट लागु औषध मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्थानीय मुस्ताक अंसारी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। अस्थाई प्रहरी पोष्ट गांगापुरबाट खटिृएको प्रहरी टोलीले उनलाई आफनै गाउँ घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो।
बारा जिल्ला अदालतले लागु औषध मुद्दामा उनलाई दुई बर्ष दुई महिना कैद तथा रु एक लाख बिस हजार रुपैया दण्ड जरिवाना गर्ने फैसला गरेको थियो ।
उनी सोही बेला देखि फरार रहेका थिए । प्रहरीले उनलाई आवशयक कारवाहीको लागि बारा जिल्ला अदालत कलैयामा दाखिला गरेको छ ।









