दुर्व्यसन नियन्त्रण गर्न निगरानी बढाउनुपर्छ – प्रजिअ अधिकारी

गढिमाइ खबर
169 पाठक संख्या पढ्न लाग्न समय 2 मिनेट
पढ्न लाग्न समय 2 मिनेट

कलैया : लागू औषध सेवन गर्ने तथा दुर्व्यसन नियन्त्रण गर्न प्रहरी प्रशासनका निगरानी बढाउनुपर्ने बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले बताएका छन् ।

औषध दुरुपयोग एवं ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवसका अवसरमा कलैयामा बुधबार आयोजित एक कार्यक्रममा बोल्दै प्रजिअ अधिकारीले यस्तो बताउनुभएको हो । जिल्ला प्रशासन कार्यालय बाराको आयोजनामा तथा जिल्ला प्रहरी कार्यालय र बारा उद्योग वाणिज्य संघको सहयोग एवं समन्वयमा श्री ३ चन्द्र माध्यमिक विद्यालयको सभा हलमा उक्त कायक्रमको आयोजना भएको थियो ।

लागू औषध सेवन गर्ने दुव्र्यसनीहरु खस गरी झाडी,मठ मन्दिर,जीर्ण रहेको भवन तथा एकान्तस्थलमा वस्ने हुनाले निगरानी बढाउनुपर्ने बाराका प्रमुख जिल्ला अधिकारीले बताएका छन ।

जुन २६ तारिखका दिन हरेक वर्ष मनाइने लागु कार्यक्रममा उनले यस्तो बताएका हुन्। पुर्न : स्थापित भएर जिवनको महत्त्व बुझेर फेरि समाजलाई सुसूचित गराउन “ड्रग्स इण्ड अल ड्रिम्स“ अभियान अन्तर्गत काठमाडौबाट ४० जनाको टोली सहभागीहरुलाई बुधबार जिल्ला प्रशासन कार्यालयमा स्वागत गरीएको छ ।

“स्वास्थ्य, सभ्य र सुरक्षित समाजको प्रतिबद्धता : लागू औषध दुरुपयोग विरुद्ध ऐक्यवद्धता“ भन्ने नाराका साथ बारा जिल्लामा लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा लागू औषध दुव्र्यसनी रोकथाम तथा नियन्त्रण गर्न सहभागिहरूले प्रतिबद्धता–पत्रमा हस्ताक्षर गरेका छन्।

सो कार्यक्रममा सूर्ति,तम्बाकु सम्बन्धी जनस्वास्थ्य अधिकृत रबि कुमार भाष्कर र लागु औषध सम्बन्धी जिल्ला प्रहरी कार्यालय बारा अन्तर्गत रहेका समुदाय प्रहरी साझेदारीका जिल्ला इन्चार्ज प्रहरी सहायक निरीक्षक राजकिशोर पटेलले प्रशिक्षण दिएका हुन्।

सो कार्यक्रममा कलैया उपमहानगरपालिकाका नगर प्रमुख बिनोदप्रसाद साह, बारा उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार साह,बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराई,जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सन्तोष तामाङ,सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण बाराका प्रहरी उपरीक्षक खुम बहादुर के.सी,श्री रिपुमर्दन गण ब्रहमपुरी ब्यारेक बाराका प्रमुख सेनानी अशोककुमार क्षेत्री,सरकारी कार्यालयहरुका प्रमुख,जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डित,जिल्ला प्रशासन कार्यालय बारा प्रशासन शाखाका नायब सुब्बा रत्न बहादुर स्याङतान, बारा क्षेत्र . ४ ख का क्षेत्रीय सभापती एवं पूर्व तरुण दल जिल्ला अध्यक्ष लोकेश सिंह,विद्यालयका शिक्षक–शिक्षिकाहरू,विद्यार्थीहरू, उद्योगी व्यवसायी,सुधार केन्द्रका संचालक,सञ्चारकर्मी र विभिन्न सामाजिक अभियन्ताहरूको उपस्थिति रहेको थियो।

सो कार्यक्रमको संचालन सञ्चारकर्मी लक्ष्मी खरेलले गरेकी थिइन्।

साझा गर्नुहोस्