डिएस्पी पाण्डे र प्रहरी निरिक्षक साहलाई कार्वाहीको विभिन्न संघसस्थाको माग

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 473
पढ्न लाग्ने समय : 1 मि.

रञ्जन यादब/
महागढीमाई नगरपालिकाले आफनो प्रमुख सल्लाहकार भैयाराम यादब लगायतका ब्यक्तिहरुलाई जिल्ला प्रहरी कार्यालय बारामा भएको गाली गलोज र निर्घात कुटपिट घटनाको गम्भीर ध्यानाकर्षण भएको महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादवद्धारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

गणतन्त्र संस्थागत भएको प्रजातान्त्रिक देशमा निर्दोष जनताको काममा अहोरात्र खटिने,सामाजिक ब्यक्तित्वहरुमाथि गरिएको गम्भिर घट्नाको घोर भत्र्सना गर्दै दोषी ब्यक्तिहरुमाथि कार्बाहीको माग गरेको नगर प्रमुख यादवद्धारा जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

साउन २ गतेको दिन जिल्ला प्रहरी कार्यालयमा मोटरसाईकल र पिकअपबीच भएको दुर्घटनाको पञ्चायती मिलाउँन गएका नेपाली काग्रेसका बाराका सचिव भैयाराम यादब र एकीकृत समाजवादीका बाराका उपसचिव धुब्र यादबमाथि कुटपिट भएको थियो । प्रहरी नायब उपरिक्षक पुरुषोत्तम पाण्डेको निर्देशनमा प्रहरी निरिक्षक रुपेस साहले गालीगलोज गर्दै कुटपिट गरेको पिडितहरुले आरोप लगायका छन् ।

त्यस्तै नेपाली काग्रेस निकट नेपाल ट्रेड युनियन काग्रेसले एक बिज्ञप्ति निकाल्दै नेपाली काग्रेसका जिल्ला सचिव भैयाराम यादब र एकीकृत समाजवादीका जिल्ला उपसचिव ध्रुब यादबमाथि भएको घट्नाको भत्र्सना गर्दै दोषी प्रहरीमाथि कार्बाहीको माग गरेको छ । नेपाल ट्रेड युनियन काग्रेसका जिल्ला अध्यक्ष बिश्वमणि शर्माद्धारा जारी बिज्ञप्तिमा प्रहरी नायब उपरिक्षक पाण्डे र प्रहरी निरिक्षक साह माथि कार्बाहीको माग गरिएको छ ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।