कलैया उपमहानगरपालिका का नगर प्रमुख साहले प्रयोग गरेको भाषा तथा व्यवहार आपत्तिजनक –नेपाल प्रेस युनियन बारा

गढिमाइ खबर
503 पाठक संख्या पढ्न लाग्न समय 2 मिनेट
पढ्न लाग्न समय 2 मिनेट

कलैया : बाराको कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद प्रसाद साहले प्रयोग गरेको भाषा तथा व्यवहार आपत्तिजनक भएको नेपाल प्रेस युनियन बाराले जनाएको छ।

युनियन बाराका अध्यक्ष श्यामबाबु प्रसाद यादवले एक प्रेस विज्ञप्ति जारी गरी नगरप्रमुख साहले माफी माग्नुपर्ने जनाए।

विज्ञप्तिमा चैत २१ गतेका दिन नगर प्रमुखको कार्यकक्षमा आयोजना गरिएको पत्रकार सम्मेलनमा संचारकर्मीहरुकै माझमा प्रयोग गरिएको भाषा शब्द र व्यवहार अत्यन्त आपत्तिजनक, असंवैधानिक र प्रेस स्वतन्त्रता माथिको अपमानजनक भएको ठहर गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

पत्रकारहरुले जनताको पक्षबाट प्रश्न उठाउने, जवाफ खोज्ने र सार्वजनिक सरोकारका विषयमा आवाज उठाउने अधिकार राख्दछन्,विज्ञप्तिमा भनिएको छ।

यस्तो अवस्थामा पत्रकारहरुलाई नै सार्वजनिक रुपमा गाली गर्ने,तिरस्कार गर्नु र धम्कीपुर्ण अभिव्यक्ति दिने कार्य प्रेस स्वतन्त्रताको घोर उल्लङ्घन हो भन्दै प्रेस युनियन बारा स्पष्ट रुपमा भत्र्सना गरेको विज्ञप्तिमा लेखिएको छ।

नगर प्रमुख साहबाट पत्रकारहरुलाई होच्याउने,समाचार लेखेकै भरमा धम्कीपुर्ण अभिव्यक्ति दिने जस्ता कार्य गनु सिंगो प्रेस गजतमाथी नै धावा बोल्नु हो ? यस्तो कार्यको तत्काल सार्वजनिक रुपमा माफीको माग समेत युनियनले विज्ञप्ति मार्फत गरिएको छ।

आगामी दिनमा संचारकर्मी र संचार क्षेत्रमाथी गरिने यस्ता व्यवहार पुनः नदोह¥याउने प्रतिबद्धता जनाउन समेत विज्ञप्तिमा आग्रह गरिएको छ।

कलैया उपमहानगरका नगरप्रमुख विनोद साहलाई स्मरण गराउन चाहन्छौं कि लोकतान्त्रिक मूल्य मान्याता र स्वतन्त्र पत्रकारिताको विरुद्धमा अभिव्यक्ति दिनु पत्रकारहरु र पत्रकारीता क्षेत्रमाथिको अपमान मात्र होईन आम जनतामाथिको अपमान पनि रहेको विज्ञप्तिमा जनाइएको छ।

साझा गर्नुहोस्