नेपाली काँग्रेसको १४ औँ महाधिवेशनलाई मध्यनजर बारामा वडा अधिवेश शुरु भएको छ ।
नेपाली काँग्रेस जिल्ला कार्यसमिति बाराले गरेको निणर्य अनुसार सोमवार जिल्लाका सवैपालिकामा रहेका सवै वडाहरुमा वडा अधिवेशन शुरु भएको छ ।
जिल्लाको कलैया उपमहानगरपालिका, जीतपुरसिमरा, कोल्हवी, निजगढ, महागढीमाई, सिम्रौनगढ पचरौता, प्रसौनी, बारागढी, सुवर्ण, फेटा, परवानीपुर, देवताल, करैयामाई, विश्रामपुर सहित १६ वटै पालिकाहरुमा वडा अधिवेशन शुरु भएको हो ।
कलैयामा वडा अधिवेशनको चहलपहल पनि बढेको छ ।
कलैया उपमहानगरपालिमा रहेको २७ वटा वडाहरू मध्ये धेरै जसो वडाको अधिवेशनबाट सर्वसहमत वडा सभापतिको चयन गरिएको छ। भने केहि वडाहरुमा चुनावी प्रक्रियामा तथा आपसी समझदारीमा जाने पनि देखिएको छ।









