कलैया
नेपाल टेलिकमले आप्mनो सामाजिक उतरदायित्व अन्तर्गत बाराको करैयामाई गाउपालिका वडा नम्बर १ मा रहेको जनसमुदायिक उच्च माद्यमिक विद्यालय, मधुबन हरैयामा विभिन्न शैक्षिक सामग्रीहरू हस्तान्तरण गरेको छ।
टेलिकमले बुधवार एक कार्यक्रमको आयोजनामा विद्यालयका प्राचार्य रामबाबु प्रसाद यादव एवम् सो विद्यालय व्यवस्थापन सिमितिका लालबाबु प्रसाद यादवलाई नेपाल टेलिकमका तर्फबाट वरिष्ठ प्रशासकीय अधिकृत घनश्याम पाण्डे एवम् नेपाल टेलिकम कलैया शाखाका प्रमुख शारदा प्रसाद ढुंगानाले सयुक्त रूपमा सो शैक्षिक सामग्रीहरू हस्तांतरण गरेका थिए।
सो विद्यालयमा अध्ययनरत विपन्न वर्गका बिद्यार्थीहरुलाई सहयोग पुग्ने गरि नेपाल टेलिकमको लोगो अङ्कित २५ थान व्याग र ४०० थान कापीहरु हस्तान्तरण गरिएको थियो।
साथै नेपाल टेलिकम कलैया शाखाका वरिष्ठ सहायक चन्देश्वर प्रसाद यादवले निःशूल्क तराई सिम पाठशाला तथा अन्य सेवा बारे जानकारी गराएका थिए। उक्त कार्यक्रममा नेपाल टेलिकमका सरोज ढुंगाना, बासु ढुगेल, पारस नाथ प्रसाद साह, विद्यालयका शिक्षक एवम् अभिभावकहरु, विद्यार्थी वर्ग लगायतको उपस्थिति रहेको थियोे ।