बाराको सिमरामा संचालन गरिने जीतपुुरसिमरा गोल्डकपको १२ औ संस्करण चैत्र १० गते देखि हुुने भएको छ ।
मोफसलकै सर्वाधिक पुुरस्कार राशिको उक्त प्रतियोगिताको आयोजक नव जनजागृति युवा क्लबले शनिवार सिमरामा पत्रकार सम्मेलनको आयोजना प्रतियोगिता वारे जानकारी गराएको छ ।
प्रतियोगितामा ए डिभिजनको ६ र मोफसलको ४ गरी १२ वटा टिमहरुको सहभागीता रहनेछ आयोजकले जनाएको छ ।
प्रतियोगिताको बिजेताले १० लाख र उपबिजेताले पाँच लाख प्राप्त गर्नेछ ।
उक्त प्रतियोगिता प्रथम पुरस्कारमा तीन लाख विजेताले र एक लाख पचास हजार उपविजेताले पाएको थियो भने गत बर्षको ११औं संस्करण सम्ममा सात लाख र तीन लाख पचास हजार राखिएको थियो ।
चैत्र १० गतेसम्म संचालन हुने प्रतियोगिताको सर्वोत्कृष्ठ खेलाडीले मोटरसाईकल वा स्कुटर प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिए ।
२०६६ बाट शुरु भएको प्रतियोगिताको उपाधि संकटा क्लब, त्रिभूवन आर्मी र मनाङ मस्र्याङदी क्लबले समान दुई–दुई पटक जितेका छन् भने आयोजक सिमरा, थ्रीस्टार, विजय युथ क्लब हेटौंडा, हिमालयन शेर्पा र मजदुर शहिद स्मृति क्लबले एक–एक पटक उपाधि हात पारेका थिए ।
जीतपुरसिमरा उपमहानगरपालिकाको मूख्य सहयोगमा सञ्चालन हुने प्रतियोगिताका लागि उपमहानगरले पच्चिस लाख रुपैयाँ सहयोग गरेको छ ।
यस्तै रङ्गशालाको पूर्वाधार मर्मत एवं फ्लड लाइट व्यवस्थापनका लागि उपमहानगरपालिकाले थप २० लाख रुपैयाँ सहयोग गरेको क्लबले जनाएको छ ।
क्लबका अध्यक्ष लामाको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा उपमहानगरकी उपप्रमूख सरस्वती चौधरी, क्लबका उपाध्यक्ष शंकर थापा, पूर्व अध्यक्ष कासीम मियाँ, राजकुमार भट्टराई लगायतको उपस्थिती रहेको थियो ।