अबैध लागु औषध गाँजा सहित पाख्रीन पक्राउ

गढिमाइ खबर
138 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

जीतपुर : बारा प्रहरीले अबैध लागु औषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चोकमा एक यात्रु बाहक बसबाट चेकजाँच गर्दा औषध गाँजा सहित एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नम्बर १५ बस्ने ३७ बर्षिय सुर्य पाख्रीन रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । उनको साथ बाट अबैध लागु औषध गाँजा १०.५ किलो बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी टोलीले नारायणगढ़बाट बिरगंज तर्फ जादै गरेको ना ४ ख ७१६५ नम्बरको यात्रुबाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा उनलाई अबैध लागु औषध सहित पक्राउ गरेको हो ।

बरामद गरिएको अबैध लागु औषध गाँजा सहित उनलाई नियन्त्रणमा लिइ आवश्यक कानूनी प्रक्रिया अगाडि बढाइएको बारा प्रहरीले जानकारी दिएको छ ।

साझा गर्नुहोस्