लागूऔषध ब्राउन सुगर सहित सिमराबाट तीन जना पक्राउ

गढिमाइ खबर
168 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

कलैया : बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ सिमरा स्थित राज होटेल बाट सोमबार दिउँसो अबैध लागुऔषध ब्राउन सुगर सहित तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीले भारत,विहार राज्य, मोफासिल सिवाना जिल्ला,थाना सिवाना, चनौर ग्राम पञ्चायत वडा नम्बर १४ बस्ने ३५ बर्षिय गौतम कुश्वाहा,भारत,विहार राज्य,पूर्व चम्पारण जिल्ला, रमगढवा थाना, सिंहसिनी ग्राम पञ्चायत वडा नम्बर ७ बस्ने ३० बर्षिय रन्जन कुमार सिंह र सोही ग्राम पञ्चायत वडा नम्बर १० बस्ने ४० बर्षिय संजिव कुमार रामलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

उनीहरुको साथ बाट प्रहरीले १७० ग्राम अबैध लागू औषध ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सिमरा, बारा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगंज पर्साबाट संयूक्त रूपमा खटिएको प्रहरी टोलीले उनीहरुलाई अबैध लागु औषध सहित पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुलाई होटेलको कोठा नम्बर १०६ मा बसिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । वरामद भएको लागु औषध सहित उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको बारा प्रहरीले जानकारी दिएको छ ।

साझा गर्नुहोस्