साझेदारी संवाददाता
काठमाडौँ २८ फागनु/
राइड–हेलिङ प्लेटफर्म इनड्राइभले ‘इनड्राइभ ड्राइभर पार्टनर एक्सिलेन्स अवार्डः विश्वासको सम्मान’ कार्यक्रम आयोजना गर्दै क्याब र मोटरबाइक (मोटो) श्रेणीका उत्कृष्ट ड्राइभर पार्टनरहरूको विश्वास, समर्पण र उत्कृष्ट प्रदर्शनलाई सम्मान गरेको छ ।
काठमाडौँमा आयोजित औपचारिक समारोहमा प्लेटफर्मप्रति दीर्घकालीन प्रतिबद्धता जनाउँदै उत्कृष्ट सेवा प्रदान गर्दै आएका ड्राइभर–पार्टनरहरूलाई विशेष सम्मान गरिएको थियो। कार्यक्रममा विभिन्न ड्राइभर पार्टनरहरूलाई एकै स्थानमा ल्याएर उनीहरूको योगदानको कदर गरिएको थियो।
कार्यक्रमको उद्घाटन गर्दै इनड्राइभकी सिनियर ड्राइभर अपरेसन्स स्पेसलिस्ट सुनिता जीमी राईले सहभागीहरूलाई स्वागत गर्दै ‘इनड्राइभ ड्राइभर पार्टनर एक्सिलेन्स अवार्डः विश्वासको सम्मान’ कार्यक्रमको महत्वबारे प्रकाश पारेकी थिइन्। उनले ड्राइभर–पार्टनर र यात्रुबीचको आपसी विश्वासलाई सम्मान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइन्। साथै नेपालमा इनड्राइभका सेवाहरू सञ्चालन हुन विश्वास नै प्रमुख आधार भएको उल्लेख गरिन्।
अवार्ड वितरण समारोह विशेष अतिथि अभिनेत्री प्रियंका कार्कीको उपस्थितिमा सम्पन्न भएको थियो। कार्यक्रममा सुनिता जीमी राई, एपीएसीका ड्राइभर्स मार्केटिङ लिड योक्षा द्वी एड्रियान्टो तथा अनास्तासिया तेरेन्तिएभाले संयुक्त रूपमा विभिन्न विधाका विजेताहरूलाई सम्मान प्रदान गरेका थिए।
कार्यक्रमअन्तर्गत विभिन्न विधामा उत्कृष्ट ड्राइभर पार्टनरहरूलाई अवार्ड प्रदान गरिएको थियो।
‘टप परफर्मिङ ड्राइभर पार्टनर– पाँच वर्ष’ विधामा प्लेटफर्मप्रति दीर्घकालीन प्रतिबद्धता र निरन्तर योगदानका लागि १० जना क्याब तथा १० जना मोटो ड्राइभरलाई सम्मान गरिएको थियो।
त्यस्तै ‘टप परफर्मिङ ड्राइभर पार्टनर– तीन वर्ष’ विधामा निरन्तर उत्कृष्ट सेवा र समर्पणका आधारमा १० जना क्याब र १० जना मोटो ड्राइभरलाई सम्मान गरिएको थियो।
‘टप परफर्मिङ ड्राइभर पार्टनर– २०२५’ विधामा सन् २०२५ मा उत्कृष्ट प्रदर्शन गरेका ड्राइभर–पार्टनरहरूलाई सम्मान गरिएको छ। यस अन्तर्गत १० जना पुरुष क्याब, १० जना पुरुष मोटो, १० जना महिला क्याब तथा १० जना महिला मोटो ड्राइभरलाई अवार्ड प्रदान गरिएको थियो।
कार्यक्रममार्फत कुल ८० जना ड्राइभर–पार्टनरलाई उनीहरूको व्यावसायिकता, विश्वसनीयता तथा काठमाडौँको शहरी यातायात सुदृढ बनाउन गरेको योगदानका लागि सम्मान गरिएको आयोजकले जनाएको छ।
समारोहको समापन सत्रमा बोल्दै एपीएसीका ड्राइभर्स मार्केटिङ लिड योक्षा द्वी एड्रियान्टोले प्लेटफर्मको दीर्घकालीन दिगोपनका लागि सम्मानमा आधारित संलग्नता महत्वपूर्ण हुने बताए।
उनका अनुसार ‘इनड्राइभ ड्राइभर पार्टनर एक्सिलेन्स अवार्डः विश्वासको सम्मान’ जस्ता पहलमार्फत इनड्राइभ नेपालले केवल संख्यामा आधारित प्रदर्शन मात्र होइन, इमान्दारिता, विश्वास र उत्कृष्ट सेवा जस्ता मूल्यहरूलाई पनि सम्मान गर्दै आएको छ, जसले नेपालमा प्लेटफर्मको विकासलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।









