गढीमाई संवाददाता/
जिल्ला प्रहरी कार्यालय बाराको नाउँमा रकम उठाउने एक जना युवकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।
पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका वार्ड नम्बर १० मटिअर्वामा बस्ने ३७ वर्षीय मनोज कुमार सहनी रहेका छन् ।
सहनीले मटिअर्वा नाकाबाट अवैध रुपमा करछली गरी एल.इ. डि भित्र्याउने उद्देश्यमले जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत एसपी र डिएसपीको नाउँमा तस्करसँग रकम संकलन गरेको अभियोगमा पक्राउ गरेका छन् ।
पक्राउ गरी आवश्यक अनुसन्धान प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिएका छन् ।