क्रिकेटको माध्यमले नेपाललाई विश्वभरी नै चिनाउन सकिने : – डा.महत

गढिमाइ खबर
25 पाठक संख्या पढ्न लाग्न समय 2 मिनेट
पढ्न लाग्न समय 2 मिनेट

कलैया : नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पुर्व अर्थमन्त्री प्रकाश शरण महतले क्रिकेट खेलको माध्यमले नेपाललाई विश्वभरी नै चिनाउन सकिने बताएका छन ।

ईलेभन स्टार क्रिकेट क्लब प्रसौनी बाराको आयोजनामा प्रसौनी गाउँपालिकाको सहयोगमा वडा नम्बर २ स्थित चटियाबाबा खेलमैदानमा बिहीबारदेखि शुरु भएको नेपाल ईण्डो नक आउट क्रिकेट प्रतियोगिताको उदघाटन गर्दै पुर्वमन्त्री डा.महतले यस्तो बताएा छन ।

मधेशमा क्रिकेट खेलाडीहरुको स्तर दिन प्रति दिन बढीरहेको बताउदै डा. महतले अहिले मधेश प्रदेशमा समेत क्रिकेट प्रति आर्कषण बढेको र खेलकुदमा थोरै लगानीले प्रतिफल निकाल्न सकिने उहाको भनाई छ ।

उनले युवाहरुको क्रिकेट प्रति आकर्षण बढेको बताए । उनले आफु अर्थ मन्त्री हुदाँ खेरी नेपालमा तीन वटा अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउनका लागि बजेट छुटयाएको समेत बताए। उनले खेलकुद प्रतियोगिताले खेलाडीहरुलाई आफनो क्षमता देखाउन अवसरमा मिल्ने समेत बताए। उनले नेपाली कांग्रेस खेलकुदको विकासमा लागि पर्ने बताए।

नेपाली कांग्रेस देश र जनतालाई केन्द्र बिन्दुमा राखेर काम गर्ने पार्टी रहेको उनको भनाई रहेको थियो।उनले देशलाई निकाश दिन कांग्रेसको आवश्यकता रहेको समेत बताए।

उक्त कार्यक्रममा बोल्दै प्रसौनी गाउँपालिकाका अध्यक्ष बिनोद जैसवालले गाउँपालिकाले समेत खेलकुदलाई प्राथमिकतामा राखेको बताए। उनले खेलकुदका लागि आवश्यक सहयोग गरिने समेत बताए।

उक्त कार्यक्रममा बोल्दै नेपाली कांग्रेस मधेश प्रदेशका सह महामन्त्री जयनारायण यादवले क्रिकेट खेल अगाडी रहेको बताए।उनले खेलाडीहरुको क्षमता अभिवृद्धीका लागि खेलकुद प्रतियोगिताको आयोजना गर्नुपर्नेमा जोड दिए।

आयोजक क्लबका अध्यक्ष अतिन्द्र राउतको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालन त्रिपुरारी साह एवम् स्वागत नेपाली काग्रेस बारा क्षेत्र नम्बर ४ का क्षेत्रिय सभापति सुनिल गुप्ताको रहेको थियो।

साझा गर्नुहोस्