बारामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 141
पढ्न लाग्ने समय : 1 मि.

बारामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

बाराको निजगढ नगरपालिका-९ सिंगौल गेट स्थित पूर्ब पश्चिम राजमार्ग सडकखण्डमा बुधबार दिउँसो ३:३० बजे निजगढ देखी उदयपुर तर्फ जादै गरेको प्र १- ०५-००१प ५४९७ नम्बरको मोटरसाइकल र रौतहत देखि निजगढ तर्फ आउदै गरेको बा ९७ प ९४४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

दुर्घटनामा परी मोटरसाइकल चालक उदयपुरको कटारी नगरपालिका -२ बस्ने ३४ को चन्द्रदिप लामा र मोटरसाइकल चालक रौतहटको चन्द्रपुर नगरपालिका वडा नं.०३ पौराई बस्ने वर्ष ३१ को बुद्ध बहादुर बलको बाराको सामुदायिक प्रसुति अस्पताल निजगढ बारामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।

दुर्घटनामा परी घाइते भएका मोटरसाइकलमा सवार रौतहतको चन्द्रपुर नगरपालिका -०३ पौराई बस्ने वर्ष ३५ को बाबुराम सुनारको टाउकोमा चोट अवस्था मध्य रहेको प्रवक्ता न्यौपानेले जानकारी दिए ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।