कलैयामा सेन्चुरी बैकको उदघाटन

गढीमाईखवर डट कम
पढ्न लाग्न समय 1 मिनेट

बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ४ मा सेन्चुरी बैकको शाखा एक कार्यक्रमका बिच उदघाटन गरिएको छ ।

बैकको संचालक समितिका सदस्य रमेश कुमार निरौला र बारा उधोग बाणिज्य संघका अध्यक्ष राजकुमार साहले संयुतm रुपमा उदघाटन गरेका थिए ।

उदघाटन पछि आयोजित कार्यक्रलाई सम्बोधन गर्दै बैकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेले युवाहरुले बिदेशिनुबाट रोक्न, कृषि, उधोग, कलकरखान संचालन, महिलाहरुलाई स्वरोजगार बनाउनका लागि पनि यस बैकले कर्जा प्रवाहगरि आर्य आर्जनको बाटोमा लगाउनका लागि प्रेरित गर्ने गरेको बताए ।

सो अवश्रमा प्रमुख कर्जा अधिकृत राजेश भंण्डारी, बैकका मधेस प्रदेश प्रमुख सुवास शर्मा, बारा शाखा प्रमुख दिनेश कुमार कणर् लगायतकाले बैकका विविध पक्षमा प्रकाश पारेका थिए ।

बैकले २०७८ साल चैत्र मसान्त सम्म ९२ अर्व, ९६ करोड निक्षेप संकलन गरेको छ भने कर्जा ८९ अर्व, ६५ करोड लगानी गरेको छ ।

खुदनाफाभने १ अर्व १ करोड ६५ लाख रहेको बैकका संचालक समितिका सदस्य निरौलाले जानकारी दिए ।

नाफा गत बर्षको तुलनामा १ सय ८३ दशमलव ५९ प्रतिशत रहेको निरौलाले भने ।

अहिले सम्म देशको बिभिन्न ठाँउमा गरि १ सय ४२ ठाँउमाशाखा रहेको, १० ठाँउमा एक्सटेन्सन काउन्टर, २४ ठाँउमा शाखा रहित बैकिङर १ सय १५ ठाँउबाट एटिएम मार्फत बितिय सेवा प्रदान गर्दै आएको बैकको प्रमुख कार्यकारी अधिकृत न्यौपानेले जानकारी गराए ।

साझा गर्नुहोस्
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *