सिमरामा मदन-आश्रीत राष्ट्रीय क्रिकेट प्रतियोगिता आयोजना हुने

गढिमाइ खबर
पढ्न लाग्न समय 1 मिनेट

माघको पहिलो हप्ता बाट सिमरामा नेकपा एमाले निकट नेपाल खेलकुद महासंघले मदन–आश्रीत स्मृति राष्ट्रीय क्रिकेट प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ ।

महासंघको जितपुरसिमरा उपमहानगरको शुक्रबार सिमरामा सम्पन्न भेलाले यस्तो निर्णय गरेको हो ।

नेकपा एमाले मधेस प्रदेश कमिटिका सचिब मनोज पौडेलको प्रमुख आतिथ्यतामा सो भेला सम्पन्न भएको हो ।

कार्यक्रममा पौडेलले खेल क्षेत्रको विकासको लागि प्रदेश सरकार र स्थानीय तहले कुल बजेटको एक प्रतिशत बजेट खेलका लागि छुट्याउन आग्रह गरे । स्थानीय तहले एक पालिका एक खेलमैदान,एक स्पोर्ट एकेडेमी र एक कर्ब हलको कार्यक्रमलाई ल्याउनुपर्ने कुरामा जोड दिए ।

खेलाडीको प्रोत्साहनका लागि खेलाडी भत्ताको ब्यबस्था गर्न स्थानीय सरकार संग पौडेलले माग गरे । सिमरामा राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना भएमा खेल क्षेत्रमा जितपुरसिमराको नयाँ पहिचान कायम हुने दाबी पौडेलले गरे ।

जितपुरसिमरा उपमहानगर कमिटीका अध्यक्ष सोमलाल बोम्जनको अध्यक्षतामा भएको हो । रबिन्द्र खकुरेलको सहजिकरण र गणेश थपलियाको स्वागतमा सो कार्यक्रम सम्पन्न भएको हो ।

सो भेलामा एमाले प्रदेश कमिटीका सदस्य कमलेश झा खेलकुद महासंघ प्रदेश उपाध्यक्ष सम्झना राई,युवासंघका नगर अध्यक्ष आरीफ हुसैन,सेराजुल अन्सारी,मानव खनाल,आयुष न्यौपाने लगायतले प्रतियोगिता सञ्चालनका लागि गर्नुपर्ने तयारीका विषयमा आ–आफ्नो धारणा राखे ।

कार्यक्रममा अनेरास्वबियुका नगर अध्यक्ष ईश्वर बस्नेत नेकपा एमालेका नेता विनोद बस्नेत मनहरी अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

साझा गर्नुहोस्
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *