सिमरामा मदन-आश्रीत राष्ट्रीय क्रिकेट प्रतियोगिता आयोजना हुने

गढिमाइ खबर
297 पाठक संख्या

माघको पहिलो हप्ता बाट सिमरामा नेकपा एमाले निकट नेपाल खेलकुद महासंघले मदन–आश्रीत स्मृति राष्ट्रीय क्रिकेट प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ ।

महासंघको जितपुरसिमरा उपमहानगरको शुक्रबार सिमरामा सम्पन्न भेलाले यस्तो निर्णय गरेको हो ।

नेकपा एमाले मधेस प्रदेश कमिटिका सचिब मनोज पौडेलको प्रमुख आतिथ्यतामा सो भेला सम्पन्न भएको हो ।

कार्यक्रममा पौडेलले खेल क्षेत्रको विकासको लागि प्रदेश सरकार र स्थानीय तहले कुल बजेटको एक प्रतिशत बजेट खेलका लागि छुट्याउन आग्रह गरे । स्थानीय तहले एक पालिका एक खेलमैदान,एक स्पोर्ट एकेडेमी र एक कर्ब हलको कार्यक्रमलाई ल्याउनुपर्ने कुरामा जोड दिए ।

खेलाडीको प्रोत्साहनका लागि खेलाडी भत्ताको ब्यबस्था गर्न स्थानीय सरकार संग पौडेलले माग गरे । सिमरामा राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना भएमा खेल क्षेत्रमा जितपुरसिमराको नयाँ पहिचान कायम हुने दाबी पौडेलले गरे ।

जितपुरसिमरा उपमहानगर कमिटीका अध्यक्ष सोमलाल बोम्जनको अध्यक्षतामा भएको हो । रबिन्द्र खकुरेलको सहजिकरण र गणेश थपलियाको स्वागतमा सो कार्यक्रम सम्पन्न भएको हो ।

सो भेलामा एमाले प्रदेश कमिटीका सदस्य कमलेश झा खेलकुद महासंघ प्रदेश उपाध्यक्ष सम्झना राई,युवासंघका नगर अध्यक्ष आरीफ हुसैन,सेराजुल अन्सारी,मानव खनाल,आयुष न्यौपाने लगायतले प्रतियोगिता सञ्चालनका लागि गर्नुपर्ने तयारीका विषयमा आ–आफ्नो धारणा राखे ।

कार्यक्रममा अनेरास्वबियुका नगर अध्यक्ष ईश्वर बस्नेत नेकपा एमालेका नेता विनोद बस्नेत मनहरी अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

साझा गर्नुहोस्