कलैया : बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ५ प्रस्टोका स्थित जिनाद बाबा मन्दिरमा बिहीबार देखि दुई दिने मेला शुरु भएको छ ।
उक्त मेलाको उदघाटन बैदिकमन्त्र बीच नेपाली काँग्रेस बारा क्षेत्र नं ४ ख का सभापती लोकेश सिंहले गरेका हुन ।
उक्त मेलाको उदघाटन समारोहमा ईलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरिक्षक सुरेश भट्ट,शिक्षक श्रीलाल साह,वीरेन्द्र साह,जादो साह,बम यादव,गौरीशंकर साह,विगा चौरसिया,सनईत साह,मनकेशवर साह,लक्ष्मी यादव,जमुना साह,मुखी मण्डल लगायतको उपस्थिती रहेको मेला समितिका अध्यक्ष केदार साहले जानकारी दिएका छन ।
उक्त मेला भर्न नेपाल र भारतको बिभिन्न स्थान बाट भक्तजनहरु आउने गरेका छन । निशन्तान दम्पतीहरुले शन्तान प्राप्त भएपछि २४ घण्टे अखण्ड अष्टयामको आयोजना गर्ने गरेको मन्दिरका पूजारी धनलाल ठाकुरले बताए ।
उक्त मेला एक दशक देखि धुमधामका साथ लागने गरेको छ । उक्त मेलामा आउने दशर्कहरुको लागि बिभिन्न किसीमका खेल तमाशाको समेत आयोजना गरिएको आयोजक मेला समितिले जनाएको छ ।









