जीतपुरसिमरामा रहेको स्टोनेक्स प्रालिले अनुमति बिना नै सामाग्री उत्पादन सुरु

गढिमाइ खबर
पढ्न लाग्न समय 2 मिनेट

बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर ८ रमौलीमा रहेको नेपाल स्टोनेक्स प्रालिले अनुमति बिना नै सामाग्री उत्पादन गरिरहेको पाईएको छ ।

नेपाल स्टोनेक्स प्रालिले जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालयको अनुमति बिनानै सामाग्री उत्पादन गरिरहेको भेटिएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको नगरउपप्रमुख भोला प्रसाद अधिकारी लगाएतको टोलीले नेपाल स्टोनेक्स प्रालिमा अनुगमन गरेको थियो ।

अनुगमनको क्रममा नेपाल स्टोनेक्स प्रालिले बेल्चा उत्पादन गरेको भेटीए पछि उपमहानगरको कार्यालयले ७ दिन भित्र अनुमति लिएर मात्र सामाग्री उत्पादन गर्न पत्र पठाए पनि नेपाल स्टोनेक्स प्रालिले उपमहानगरको पत्रलाई बेवास्ता गरेको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालयसंग ग्रेनाईड उत्पादन गर्ने अनुमति लिएको नेपाल स्टोनेक्स प्रालिले बेल्चा समेत उतपादन गरेको र बाउण्ड्रि वाल माथि नै ट्रस्ट लगाएको अनुगमनको क्रममा भेटिएको जीतपुरसिमरा उपमहानगरपालिकाको बातावरण शाखा प्रमुख पुष्पा सिंहले बताईन ।

बाताबरणीय परिक्षण समेत नगराएर उद्योगले उत्पादन सुरु गरेपछि उद्योगलाई आफनो उत्पादन बन्द गर्न उपमहानगरपालिकाले पत्र काटेको बाताबरण शाखा प्रमुख सिँहले जानकारी दिईन् ।

ग्रेनाईड उत्पादन गर्ने अनुमति लिएर पनि बेल्चा उत्पादन गरेको देखिए पछि वडा न ८ क कार्यालयले अनुमति लिएर बेल्चा उत्पादन गर्न नेपाल स्टोनेक्स प्रालिलाई भने पनि वडाको आदेश समेत उल्लंघन गरेर बेल्चा उत्पादन गरेर बजारीकरण गरिरहेको बेला वडा कार्यालयले ६ सय पिस बेल्चा नियन्त्रणमा लिएर उपमहानगरको कार्यालयमा बुझाएको वडा अध्यक्ष शिवशंकर प्रसाद कुशवाहाले बताए ।

कुनै पनि उधोगले कुनै सामाग्री उत्पादन गर्नु अगाडी सम्बन्धि निकायसंग प्रदुषण जांच र अनुमति लिएर मात्र उत्पादन गर्नुपर्ने कानुनी प्रावधान रहे पनि नेपाल स्टोनेक्स प्रालिले कानुनि प्रक्रियानै पुरा न गरिकन बेल्चा उत्पादन गरिरहेको पाईएको छ ।
यता नेपाल स्टोनेक्स कम्पनीले आफु हरुले सेम्पलको लागि मात्र बेल्चा उत्पादन गरेको र अब चाडै अनुमति लिएर मात्र बेल्चा बजारीकरण गर्ने बताएको छ । उपमहानगरपालिकाले जरिवाना गरी नियन्त्रणमा लिएको बेल्चा छोडेको थियो ।

कुनै पनि उधोग संचालन हुनु अगाडी सम्बन्धित वडा कार्यालय र समबन्धित ठाउँमा सार्वजनिक सुनुवाई गरेर मात्र उत्पादन गर्ने नीति रहेको भए पनि त्यस्ता नीति र नियम नेपाल स्टोनेक्स प्रालिले अपनाएको छैन ।

स्टोनेक्स प्रालिका ब्यवस्थापक सन्तोष रौनियारले शनिबार बाताबरणीय परिक्षण गर्ने तयारी रहेको जानकारी दिए ।

साझा गर्नुहोस्
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *