बारामा ६१ हजार नक्कली नोट सहित ५ जना पक्राउ

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 64
पढ्न लाग्ने समय : 1 मि.

बारा प्रहरीले ६१ हजार नक्कली नोट सहित ५ जना ब्यक्तिलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराले बिहीबार पत्रकार सम्मेलन गरि पक्राउ परेकाहरुलाई सार्वजनिक गरेको छ ।

प्रहरी टोलीले विशेष सूचनाको आधारमा जिल्लाको जितपुरसिमरा उप महानगरपालिका वडा नं.७ जितपुर बजारमा नक्कली नोटको कारोबार गर्ने एक जना र विभिन्न स्थानमा ४ जना गरि ५ ब्यक्ति पक्राउ परेका हुन् ।

पक्राउ परेकाहरुबाट एक हजारको दरले ६१ हजार नक्कली नोट र भारतीय सिमकार्ड सहितको मोबाईल ७ थान समेत प्रहरीले बरामद गरेको बारा प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नं. ३ बस्ने सोन्फी महतोको छोरा ४४ वर्षीय रामचन्द्र महतो कोईरी,बाराको परवानिपुर गाउँपालिका वडा नं. ५ बस्ने सुमित साह,सोही ठाउँमा बस्ने संतोष पटेल,पर्साको वीरगंज महानगरपालिका वडा नं. १० बस्ने बिशाल कुमार श्रीवास्तव र सोही ठाँउमा बस्ने निरज श्रीवास्तव रहेका बाराका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक सुरेश प्रसाद काफ्लेले जानकारी दिए ।

उक्त पाँच जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरी उपरीक्षक काफ्ले ले बताए ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।