विभिन्न मुद्दामा फरार रहेका १० जना ब्यक्ति बारा प्रहरीको नियन्त्रणमा

गढिमाइ खबर
120 पाठक संख्या पढ्न लाग्न समय 2 मिनेट
पढ्न लाग्न समय 2 मिनेट

बारा प्रहरीले विभिन्न मुद्दामा फरार रहेका १० जना व्यक्तिलाई नियन्त्रणमा लिइएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले मंगलवार एक प्रेस विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएका हुन् ।

भ्रष्टाचारको मुद्दामा अदालतबाट १५ हजार जरिवाना पाएका बाराको महागढिमाई नगरपालिका वडा नं.८ जोलगाँउमा बस्ने ६० वर्षीय विश्वनाथ प्रसाद यादवलाई पक्राउ गरी प्रहरीले अदालतमा दाखेल गरेको छ ।

कुटपिट मुद्दामा अदालतबाट २ सय ७५ रुपैया जरिवाना पाएका महागढिमाई नगरपालिका वडा नं. ९ पिप्राबिर्तामा बस्ने ४७ वर्षीय भिलोरी साह पक्राउ परेका छन् ।

त्यस्तै चोरी मुद्दामा अदालतबाट २५ हजार जरिवाना पाएका बाराको परवानिपुर गाँउपालिका वडा नं. १ बुनियादमा बस्ने २२ वर्षीय सुनिल चौहान पक्राउ परेका हुन् ।

कुटपिट मुद्दामा अदालतबाट ३ सय जरिवाना पाएका करैयामाई गाँउपालिका वडा नं. ४ ठुलो लौतन बस्ने ४० वर्षीय जदुनन्दन महरा पनि पक्राउ परेका हुन् ।

किर्ते जालसाजी मुद्दामा अदालतबाट १५ रुपैया जरिवाना पाएका आदर्शकोतवाल गाँउपालिका वडा नं. ७ कोतवाली लक्ष्मीपुर बस्ने ७० वर्षकी मनिया देवी तत्मीन पक्राउ परेकी छिन् ।

सम्बन्ध विच्छेद मुद्दामा अदालतबाट ५० रुपैया जरिवाना पाएका सोही ठाउँमा बस्ने अन्दाजी ५५ वर्षीय मनोज कुमार साह पक्राउ परेका छन् ।

सम्बन्ध विच्छेद मुद्दामा अदालतबाट १५ रुपैया जरिवाना पाएकी सोही ठाउँमा बस्ने अन्दाजी ५० वर्ष की उमा देवी कनुईन पनि पक्राउ परेकी छिन् ।

त्यस्तै वन मुद्दामा अदालतबाट ९ सय २८ रुपैया ७५ पैसा जरिवाना पाएका बाराको करैयामाई गाँउपालिका वडा नं. १ मा बस्ने अन्दाजी २२ वर्षीय सुमन चौधरी,सोही ठाउँमा बस्ने अन्दाजी २० वर्षीय बिकाश चौधरी भन्ने विकेश चौधरी,सोही ठाउँमा बस्ने अन्दाजी २० वर्षीय राजकिशोर चौधरी भन्ने राजकिशोर दिव्श थारू पनि पक्राउ परेका हुन ।

साझा गर्नुहोस्