विभिन्न मुद्दामा फरार रहेका २ जना प्रतिवादी प्रहरीको नियन्त्रणमा

गढिमाइ खबर
142 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

विभिन्न मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई बारा प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दै यसबारे जानकारी दिएका हुन् ।

प्रहरीले कुटपिटको मुद्दामा अदालतबाट १५ रुपैयाँ जरिवाना पाएका बाराको कोल्हवी नगरपालिका वडा नं. ७ धोधर्पामा बस्ने ४४ वर्षीय जोगेन्द्र प्रसाद चौधरीलाई पक्राउ गरी प्रहरीले अदालतमा दाखेल गरेको छ ।

त्यस्तै लागू औषध मुद्दामा अदालतबाट २५ हजार रुपैयाँ जरिवाना पाएका महागढीमाई नगरपालिका वडा नं. ८ मा बस्ने ४५ वर्षीय द्वारिका प्रसाद यादव पक्राउ परेका छन् ।

साझा गर्नुहोस्