बारा पथलैयामा रहेको प्रहरी चौकीका ईन्चार्ज सई सन्तोष घलेद्धारा पत्रकार बसन्त खतिवडालाई सोमवार साँझ दुव्र्यवहार भएको छ ।
नेपाल प्रेस युनियन बाराका उपाध्यक्ष तथा नयाँ पत्रिका राष्ट्रिय दैनिकका बारा सम्वाददता एवम् साझेदारी राष्ट्रिय दैनिकका उपसम्पादक समेत रहेका खतिवडालाई सई घलेले फोटो खिचेकै कारण दुव्र्यवहार गरेका हुन ।
साँझको समय पथलैया चौक नजिकै प्रहरीको चेकिङ्ग चलिरहेको अवस्थामा पत्रकार खतिवडाले आफुसंग भएको मोबाईलमा फोटो खिच्न लाग्दा सई घले स्वयमले त को हो ? किन फोटो खिचेको भन्दै अपशब्द प्रयोग गरी मेरो मोवाईल खोस्यो खतिवडाले भने, ।
आफु पत्रकार भन्दै परिचयपत्र देखाउदा समेत सई घलेले जबरजस्ती मोबाईल र म सवार ना९प ३७५७ नम्बर सुपर स्पलेण्डर मोटरसाईकल नियन्त्रणमा लिएको पत्रकार खतिवडाले बताए ।
प्रहरीले नियन्त्रण लिएको मोवाईल अन्य एकजना सहकर्मी मार्फत पाएपनि मोटरसाईकल भने प्रहरी चौकीमै रहेको पत्रकार खतिवाडाले जानकारी दिएका छन ।
आफुलाई फोटो खिचेकै कारण दुव्र्यवहार गर्ने प्रहरी चौकी पथलैयाका ईन्जार्ज सई घलेलाई कारवाही गर्न पिडित पत्रकार खतिवाडले माग गरेका छन । यधपी यो घटनाका विषयमा सई घलेसंग प्रतिकृया लिने प्रयास गर्दा उनीसंग सम्र्पक हुन सकेन ।









