कलैया । सोना एकेडेमी स्कुलका प्रिन्सिपल साह बालबालिका विरुद्धको कसुरमा पक्राउ परेका छन् ।
बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ६ बाईबास रोडमा रहेको सोना एकेडेमी सेकेन्ड्री एङलिस बोर्डिङ स्कुलका प्रिन्सिपल अमित साह बालबालिका विरुद्धको कसुरमा पक्राउ परेका हुन् ।
प्रिन्सिपल साहले भदौ १८ गते ६ वर्षीय बालिकालाई स्कुलमा निर्घात कुटपिट गरेको भन्दै अभिभावकले जिल्ला प्रहरी कार्यालय बारामा जाहेरी दिएको प्रहरीले जनाएको छ ।
साह विरुद्ध देवताल गाउँपालिका वार्ड नम्बर ६ मा बस्ने २९ वर्षीय उप्रेन्द्र पटेलले गत भदौ २० गते जिल्ला प्रहरी कार्यालय बारामा जाहेरी दिएका थिए भने प्रहरीले भदौ २५ गते साह विरुद्धको जाहेरी दर्ता गराएको बारा प्रहरीले जनाएको छ ।
प्रिन्सिपल साह विरुद्ध बालबालिका सम्बन्धि ऐन २०७५ को बालबालिका विरुद्धको कसुर मुद्दा जाहेरी दर्ता भएको प्रहरीले जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन् ।
पिडित बालिकाको अभिभावकले नै जाहेरी दिएपछि प्रिन्सिपल साह एक महिना १५ दिन पछि पक्राउ परेको प्रबक्ता सापकोटाले बताएका छन ।
प्रिन्सिपल साहलाई नियन्त्रणमा लिई जिल्ला अदालत बारा,कलैयाबाट चार दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको प्रवक्ता सापकोटाले जानकारी दिएका छन् ।









