लागु औषध खैरो हिरोईनसहित दुई जना पक्राउ

गढिमाइ खबर
158 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

पर्सा प्रहरीले लागुऔषध खैरो हिरोईनसहित दुई जनालाई पक्राउ गरेको छ ।

खैरो हिरोईन सहित बारा जितपुर सिमरा उप–महानगरपालिका–७ बस्ने ३८ वर्षीय बिनोद प्रसाद गुप्ता र सोही स्थानका ३८ वर्षीय फिरोज चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी बसपार्क र लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरीले वीरगञ्ज महानगरपालिका–८ स्थित सडकखण्डमा कुराकानी गरिरहेका दुबैजनालाई जाँच गरेको हो ।

खानतलाशी गर्दा खैरो हिरोईन बरामद गरेको हो । गुप्ताले लगाएको पाइन्टको दाहिने खल्तीबाट दुई वटा सेतो रंगको प्लाष्टिकमा बेरी राखेको अवस्थामा १०२ ग्राम लागुऔषध खैरो हिरोईन जस्तो देखिने सेतो पदार्थ बरामद भएको छ ।

पर्साका प्रहरी प्रबक्ता एवम् प्रहरी नायब उपरीक्षक कुमारबिक्रम थापाका अनुसार दुबै जनालाई लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान अघि बढाइएकोे छ ।

साझा गर्नुहोस्