मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपालको संविधानमा रहेको अधिकारलाई आफुहरुले प्रयोग गर्न नपाएको गुनासो गरेका छन ।
शुक्रवार बाराको बारागढी गाउँपालिकाको खोपवास्थित बारागढी गाउँपालिकाका नवनिर्मित प्रशासकीय भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो गुनासो गरेका हुन ।
प्रशासकीय भवनको उद्घाटन पश्चात आयोजित सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले प्रहरी प्रशासन तथा कानुनी अधिकारहरु नरहेकोले प्रदेशले पूर्णता नपाएको बताए ।
संघीयता अभ्यासमा आए पनि संविधान बमोजिमको अधिकार नपाएपछि प्रदेशहरुले आफ्नो क्षमता अनुसार काम गर्न नपाएको जनाए ।
संघीयता आएको आठ वर्ष भयो। प्रदेश सरकार बनेको १० महिना भयो । तर पनि काम गर्न अप्ठेरो रहेको उनले बताए । हरेक ठाउँमा कार्यालय चाहिन्छ। कार्यालयमा कर्मचारी चाहिन्छ । साशन प्रशासन चलाउन जनशक्ति चाहिन्छ तर संघ सरकारले गर्न दिदैन उनले भने ।
वर्तमानमा रहेको अप्ठेरोहरु हटाएर अगाी बढन संघले बाटो खोलिदिनुपर्ने उनको भनाई थियो । मधेश प्रदेश स्वास्थ्य क्षेत्रमा अगाडी रहेको उनले बताए । उनले चार सय ५० चिकित्सकहरु करारमा भर्ना गरिने जानकारी दिए ।
प्रदेशको अधिकारलाई लिएर वर्तमान प्रधानमन्त्रीसंग आफुले १० पटक भेट गरेको र उनले हुन्छ मात्र भन्ने गरेको जनाए ।
जबसम्म अधिकार क्रियान्वयन गरिदैन तबसम्म प्रदेशहरु अगाी बढन सकदैन उनले भने । सिम्रौनगढमा कृषि कलेज तथा आदर्श कोतवालमा ईन्जिरियरिङ्ग कलेज खोल्न प्रदेश सरकारले योजना पास गरेको तथा जग्गा खोजिगरिरहेको उनले बताए । स्थानीय तहले जग्गा उपलव्ध गराउनुपर्ने उनले बताए ।
आफुले निजगढमा लागु औषध दुव्यवसनीको लागि प्रदेश स्तरकै सुधार केन्द्रको लागि बजेट छ्ुट्टाएको र यस्को लागि जग्गा उपलव्ध नगरपालिकाले गराउनुपर्ने उनले बताए । सो कार्यक्रममा बोल्दै बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनालीले मधेश प्रदेशलाई अगाी बढाउन शिक्षामा जोड दिनुपर्ने बताए ।
उनले प्रदेशबाट करिब पौने दुई लाख मानिस वैदेशिक रोजगारीमा गएको र यसमा भारतमा गएका मानिसहरु समावेश नभएको जनाए ।
सो कार्यक्रममा कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद प्रसाद साह,मधेश प्रदेशका प्रदेश सभा सदस्य त्रिलोकीप्रसाद चौधरी,जसपाका रामकिशोर यादव,मधेश प्रदेशका पूर्व अर्थराज्यमन्त्री उषाकुमारी यादव,बारागढीका पूर्व अध्यक्ष देवदत्त बछार लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
सो कार्यक्रममा बारागढी गाउँपालिकाका प्रशासकीय अधिकृत सुनिलकुमार केशरीले प्रशासकीय भवन ३२ कोठे रहेको बताए ।
सो भवन पाँच करोड ७६ लाख ३२ हजार ५४ रुपैयाँ ९४ पैसामा बनेको जनाए ।
बारागढी गाउँपालिकाका अध्यक्ष अशोककुमार जयसवालको अध्यक्षतामा भएको सो कार्यक्रमको सञ्चालन दयाशंकर रायको थियो ।
सो अवसरमा प्रशासकीय भवन निर्माण गर्ने कम्पनीका भुपेन्द्र नेपाली,एवम पूर्व गाउँपालिका अध्यक्ष देवदत्त बछार र मुख्यमन्त्री यादवलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा सुनिल पण्डितले लोकप्रिय गीत प्रस्तुत गरेका थिए ।