रौतहटमा श्रीमतीको विभत्स हत्या: घाँटी काटिएको अवस्थामा शव फेला, श्रीमान फरार

गढिमाइ खबर
71 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

रौतहट, ४ फागुन/
रौतहटको फतुवा विजयपुर नगरपालिका–६ पेटभर्वा गाउँमा एक महिलाको विभत्स हत्या भएको अवस्थामा शव फेला परेको छ।

‎आइतबार बिहान करिब ११ः५० बजे धुपा राय यादवका छोरा ४२ वर्षीय महन्थ राय यादवकी २८ वर्षीया श्रीमती आरती देवी यादव आफ्नै घरको खाटमा उतानो परेको अवस्थामा मृत फेला परेकी हुन्।

‎प्रारम्भिक अनुसन्धानअनुसार आरतीको घाँटी धारिलो हतियारले काटिएको अवस्थामा भेटिएको छ। खाट नजिकै रगत समेत फेला परेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय सन्तपुर दोस्तियामा प्राप्त सूचनाका आधारमा प्रहरी टोली घटनास्थल पुगेर ढोका खोलेपछि शव फेला पारेको हो। जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी डीएसपी विष्णुप्रदीप वस्यालका अनुसार घटनास्थलको अवस्था हेर्दा हत्या भएको प्रारम्भिक आशंका गरिएको छ।

घटनापछि श्रीमान महन्थ राय यादव फरार रहेको र उनको तीव्र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानमा श्रीमानद्वारा नै हत्या भएको हुन सक्ने आशंका गरिएको छ।

‎मृतक आरतीको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाको विस्तृत अनुसन्धान अघि बढाएको छ।

साझा गर्नुहोस्