नेपाली कांग्रेस बाराको १४ औं जिल्ला अधिबेशन फागुन २१ गते कलैयामा हुने निर्वाचनमा त्रिपक्षिय भिडन्त हुने भएको छ ।
विहिवार भएको उम्मेदवारी दर्तामा प्यानल सहित तीन जना सभापतिका उम्मेदवारहरुले प्यानल सहित उम्मेदवारी दर्ता गरेको हुन ।
सभापति,उपसभापति,सचिव,सह सचिव र पालिकाबाट–२,नगरबाट–३,उपमहानगरपालिकाबाट– ५ जना गरी ४३ पालिका र समावेसी कलस्टर ३० गरी ७३ सदस्य गरी ८० पदाधिकारी पदका लागि २ सय ३२ जनाको उम्मेदवारी परेको नि.जिल्ला निर्वाचन अधिकृत राजकुमार उप्रेती बताउनु भयो ।
नेपाली कांग्रेसको बारा जिल्ला सभापति पदका लागि देउवा पक्षका दुई उम्मेदवार शम्भुबहादुर बुढाथोकी र राजेश राय यादवले उम्मेदवारी दर्ता गराएका छन् भन्ने शेखर कोईराला प्यानलबाट रामानन्द प्रसाद यादवको उम्मेदवारी दर्ता गराएको हो ।
शम्भुबहादुर बुढाथोकी प्यानलबाट उपसभापतिमा देवेन्द्र उपाध्याय र अमिरीलाल राउत , सचिवमा भैयाराम यादव र राजेन्द्र कुमार जयसवाल, सहसचिवमा प्रमोद प्रसाद यादव र कृष्णदेव प्रसाद जयसवालको उम्मेदवारी दिएका छन् ।
त्यसैगरी राजेश राय यादवको प्यानलबाट उपसभापतिमा अजय कुमार साह तेली र यमुना प्रसाद कानु,सचिवमा रामेश्वर प्रसाद यादव र अब्दुल हकिम अंसारी, सहसचिवमा नारायण प्रसाद अधिकारी र श्रवण भौधरीको उम्मेदवारी दिएका छन् ।
भने रामानन्द प्रसाद यादवको प्यानलबाट उपसभापतिमा मनोज भट्ट र पेमासिद्धि लामा,सचिवमा विजय प्रकाश साह रौनियार र राजेश कुमार रौनियार, सहसचिवमा राजेश कुमार सिंह भुमिहार र सोभिलाल प्रसाद मण्डलको उम्मेदवारी दिएका छन् ।
निर्वाचन भने फागुन २१ गते बिहान ८ बजे देखि बेलुका ५ बजे कलैया उपमहानगरपालिका वडा नम्बर १ सिदेश्वर संस्कृत माध्यमिक बिद्यालयमा हुने जसमा २ हजार ४ चार सय ८० मतदाताको सहभागी हुनेछन् नि.जिल्ला निर्वाचन अधिकृत राजकुमार उप्रेतिले साझेदारीलाई जानकारी दिए ।