ईलाका प्रशासन कार्यालय सिम्रौनगढमा शाखा अधिकृत नहुँदा सेवाग्राही मारमा

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 95
पढ्न लाग्ने समय : 3 मि.

ईलाका प्रशासन कार्यालय सिम्रौनगढमा शाखा अधिकृत नहुँदा लामो समयदेखि सेवाग्राहीहरु मारमा परेका छन् ।

ईलाका प्रशासन कार्यालय सिम्रौनगढकामा शाखा अधिकृत रवाना लिएदेखि अधिकृतबाट हुने सबै काम ठप्प भएको हो । कार्यालय प्रमुख नै नभएपछि कार्यालयबाट प्रवाह हुने प्राय सवै कामकाज ठप्प नै भएको छ ।

इलाका प्रशासनबाट नयाँ नागरिकता,नागरिकताको प्रतिलिपी,मधेसी, दलित,जनजाति प्रमाणीकरण तथा अन्य सिफारिस गर्ने काम हुदै आएको छ । तर कार्यालय प्रमुख नै नभएपछि यी सवै सेवाहरु ठप्प भएका छन ।

गत असोज २४ गते ईलाका प्रशासन कार्यालय सिम्रौनगढमा शाखा अधिकृतको रुपामा प्रमोद साह हाजिर भएको थिए । तर साह एक महिना नबित्दै कार्तिक १७ गते रवाना लिएर गए पछि हाल सम्म कुनै पनि अधिकृत कार्यालयमा हाजिर भएको छैनन् ।

ईलाका प्रशासन कार्यालयमा अधिकृत नहुदा सो क्षेत्रका सेवाग्राहीहरु अहिलो घाण्टौको यात्रा गरेर सदरमुकाम कलैया स्थित जिल्ला प्रशासन कार्यालय धाउन बाध्य भएका छन ।

जिल्लाको पुर्वी–दक्षिण क्षेत्रको सेवाग्राहीलाई लक्षित सिम्रौनगढ नगरपालिका वडा नम्बर ६ अवस्थित बजारको सूर्यवंशी चौकमा कार्यालय स्थापना गरेर सञ्चालित इलाका प्रशासन कार्यालयको सेवा बन्द भएपछि सिम्रौनगढ नगरपालिका,आदर्श कोतवाल गाउँपालिका र पचरौता नगरपालिकाका सेवाग्राही प्रत्यक्ष मारमा परेका छन् ।

कार्यालय प्रमुख नै नहुदा सवै कामकाज ठप्प बने पछि सो कार्यलयबाट सेवा लिने अधिकांश सेवाग्राही मारमा परेका हुन् ।

इलाका प्रशासन कार्यालयहरुको सेवाग्रहीहरु पनि कलैयामा आउन बाध्य भएपछि जिल्ला प्रशासन कार्यालय कलैमा पनि सेवाग्रहीहरुको भिड बढेको छ ।

दैनिक जसो सिम्रौनगढका सेवाग्राहीहरु जिल्ला प्रशासन कार्यालय कलैयामा बिहान देखि नै लाईनमा बसेर काम नहुँदा रित्तो हात फर्कनु पर्ने बाध्यता रहेको सिम्रौनगढका रन्जित जयसवालले गुनासो गरेका छन ।

छोटो समयको जिम्मेवारी लिएर गएका कर्मचारी समयावधी भित्रै रवना लिएर गएपछि सेवाग्राही मारमा परेको अर्का स्थानीय परमहंश जयसवालले बताए ।

सिम्रैनगढका सयौंको संख्यामा सेवाग्राहीहरु सेवा लिन आउँदा एक दिनको काममा हप्तौं लाग्ने गरेको र काम नभई घर फर्किने अवस्था रहेको जयसवालले बताए ।

यता यसै सन्दर्भमा जिल्ला प्रशासन कार्यालयका प्रमुख एवम बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेसंग प्रतिक्रिया लिदा शाखा अधिकृत नहुँदा ईलाकाको काम ठप्प भएको कुरा स्वीकार गरेका छन ।

अर्गेन्ट सेवाग्राहीहरुको सेवा जिल्ला प्रशासन कार्यालयबाट दिदै छौं,काम रोकिएको छैन उनले भने । मन्त्रालयसंग अनुरोध गर्दै छौँ,कर्मचारी प्राप्तिका आश्वासत पाएका छौ,चाडै नै कर्मचारी आउने प्रजिअ घिमिरेले साझेदारीलाई बताएका छन ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।