कलैया सिटि जेसिज कप सुरु : पहिलो खेलमा पर्सालाई ७८ रनले हराउँदै बारा विजयी

गढीमाईखवर डट कम
पढ्न लाग्न समय 1 मिनेट

सन्दीप यादव ,कलैया । कलैया मा कलैया सिटि जेसिज कप बुधबार देखि सुरु भएको छ । सिदेस्वर खेल परिसरमा कलैया उपमहानगरपालिकाका मेयर बिनोद साहले प्रतियोगिताको उदघाटन गर्दै खेल सुरु भएको हो । बुधबार भएको पहिलो खेलमा बाराले ७८ रनले पर्सालाई हराउँदै विजयी हासिल गरेको छ ।
पहिलो खेलमा कलैया क्रिकेट कल्बले टस जितेर पहिलो ब्याटिङ गरेको थियो । कलैया क्रिकेट क्लबले ४० ओभरको खेलमा ३९ ओभरमा सम्पूर्ण बिकेट गुमाउँदै २२१ रन बनाउन सफल भएको थियो । कलैया क्लबका त्रित दासले ५४ रन , निरज यादवले ३३ र साहिल पटेल,अनिल साह ले २८/२८ रन बनाएका थिए ।

त्यस्तै बिरगंज क्रिकेट कल्बले आफनो सम्पुर्ण विकेट गुमाउँदै १४५ रन बाएको हो । बिरगंज क्रिकेट कल्बका सुरज पटेलले ५१ रन , संतोष कुमारले ३१ र म. समिरले २१ रन बनाएका हुन। कलैया क्रिकेट कल्बका बौलर कुमार थापा,अनिल साहले ३/३ विकेट लिएका थिए भने आदिल आलम अंसारी,मोनु हवारीले पनि २/२ लिएका थिए । पहिलो खेलमा मैन अफ दि मैच कलैया क्रिकेट कल्बका अनिल साह भएका हुन । सो खेल मङ्सिर १० गते सम्म हुने आयोजकले जनाएको छ ।

ट्यागहरू :
साझा गर्नुहोस्
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *