आउदो मंसीर ४ गतेका लागि तोकिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जनता समाजवादी पार्टी (जसपा) ले बारा जिल्लाको क्षेत्र नम्बर ३ मा प्रत्यासी उम्मेदवारहरुको नाम सिफारीस गरेको छ ।
पार्टीका मधेस प्रदेशको सहइन्चार्ज तथा केन्द्रीय सदस्य आत्माराम साह विशेष उपस्थिति र क्षेत्र नम्बर ३ का क्षेत्रीय समितिका अध्यक्ष कमलेश मण्डलको अध्यक्षतामा वसेको वैठकले अगामी निर्वाचनका लागि प्रत्यासीहरुको नाम सिफारी गर्ने निणर्य गरेको हो ।
क्षेत्रिय समितिको निणर्य अनुसार बारा क्षेत्र नम्बर ३ का लागि प्रतिनिधिसभा निर्वाचनमा पार्टीका केन्द्रीय अध्यक्ष, वर्तमान प्रतिनिधिसभा सदस्य यादवद्धय सहित ७ जनाको नाम सिफारी गरेको छ ।
वैठकले प्रतिनिधिसभा सदस्य पदका लागि राष्ट्रिय अध्यक्ष उपेन्द्र प्रसाद यादव, हालका केन्द्रीय सांसद रामबाबु कुमार यादव सिफारीस भएका छन । यस्तै केन्द्रीय सांसदका लागि संविधान सभा सदस्य प्रमोद प्रसाद गुप्ता सहित सुशील यादव,मनिष यादव, शंकर यादव र सचिता नन्द यादव को नाम सिफारीस गरेको छ ।
यस्तै वैठकले क्षेत्र नम्बर ३ अन्तरगत “क“ मा प्रदेश सभा सदस्यका लागि ६ जनाको नाम सिफारी गरेको छ । जसमा शिवनाथ पटेल,भरत खडका, रुपलाल चौधरी, प्रकाश चौगाई , कमलेश मण्डल र हेमराज भट्टराईको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।
उता बारा क्षेत्र न. ३ को “ख “ भने हालका प्रदेश सांसद पारस प्रसाद साह र दिनेश पटेलको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।