बारा प्रहरीद्रारा प्रिन्सिपल स्वर्णकारको हत्यामा संलग्न मुख्य योजनाकारसहित पाँच जान सार्वजनिक

गढिमाइ खबर
150 पाठक संख्या पढ्न लाग्न समय 3 मिनेट
पढ्न लाग्न समय 3 मिनेट

बाराको कलैयामा भएको प्रिन्सिपल स्वर्णकारको हत्यामा ५ जना आरोपीहरुलाई बारा प्रहरी सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराले कार्यालय परिसरमा बुधबार पत्रकार सम्मेलनको आयोजना गरी पक्राउ परेका आरोपीहरु मध्ये पाँच जनालाई सार्वजनिक गरेको हो ।

कलैयास्थित रहेको बाल एकता ईङ्गलिश बोर्डिङ्ग स्कुलका प्रिन्सिपल ३५ वर्षीय रुपेश स्वर्णकारको हत्याको घटना तथा अनुसन्धानको प्रगतिबारे जानकारी दिन सो पत्रकार सम्मेलन गरिएको हो ।

प्रहरी घटनाको प्रारम्भिक अनुसन्धान सकिएकाले घटनाको मुख्य कारण अवैध प्रेम सम्बन्धकै कारण भएको निष्कर्ष प्रहरीले निकालेकोे छ । सार्वजनिक गरिएको मध्ये दुई जना भारतीय नागरिक रहेका छन् ।

पक्राउ परेका मध्ये प्रहरीले मृतक स्वर्णकारसंग प्रेम सम्बन्धमा रहेकी कलैया ६ की २२ वर्षीया राधा गुप्तालाई सार्वजनिक गरेको हो । कलैया ६ कै ३४ वर्षीय जामिल अख्तर, कलैया–९ का रियाज अन्सारी, भारतीय नागरिक बिहार मोतिहारी बस्ने वर्ष २३ को चन्दन कुमार र घोडासाहन बस्ने बर्ष २३ कै अभिनव कुमार राजपुतलाई प्रहरी उपरीषक सुरेश प्रसाद काफ्ले ले सार्वजनिक गरेका हुन् ।

पक्राउ परेका भारतीय नागरिक चन्दन कुमार र अभिनव कुमार राजपुत सुटर समूहका सदस्य रहेको प्रहरी उपरीक्षक काफ्लेले बताए । पाँच जना सुटरको प्रयोग गरिएको अनुसन्धानबाट खुल्न आएकाले अन्य सुटरको खोजी कार्य जारी रहेको उपरीक्षक काफ्लेको भनाई छ ।

स्वर्णकारलाई गोली प्रहार गर्ने भारतको मोतिहारी जिल्ला दर्पा थाना १ सुक्लहिया बस्ने २५ वर्षीय सुजित कुमार सिंह,सोही गाउँका २४ वर्षीय चन्चल पाण्डे,२२ वर्षीय मनिष कुमार सहनी र २० वर्षीय कामेश्वर सहनी रहेको बारा प्रहरीको दाबी छ ।

प्रिन्सिपल स्वर्णकारको हत्यामा प्रयोग गरिएका भारतीय सुटरहरु बारा,पर्सा सहित विभिन्न स्थानहरुमा भएका घटनाहरुमा पनि संलग्न रहेको प्रहरीको ठम्याई छ ।

प्रहरी उपरीक्षक काफ्लेका अनुसार हत्यामा संलग्न १० जनालाई पक्राउ गरेपनि पाँच जना उपर थप अनुसन्धान भईरहेकाले पाँच जनालाई मात्र सार्वजनिक गरिएको जनाएका छन ।

बारा प्रहरीले हाल सम्म अनुसंन्धानबाट मुख्य योजनाकार राधा गुप्ता र भारतीय नागरिक मनोज गुप्ताबिच पनि अवैध प्रेम सम्बन्ध रहेको र मृतकसंग तीब्र विवाद र झैझगडाका कारण घटना भएको उपरीक्षक काफ्लेले बताए ।

मुख्य अभियुक्त एवम् योजनाकार मनोज गुप्ता फरार रहेका छन् । राधा गुप्ता विगत तीन वर्षदेखि भारत बस्ने मनोज गुप्‍तासँग विवाहित प्रेम सम्बन्धमा रहेको प्रहरीले जनाएको छ।

घटना वारे थप अनुसंन्धान भईरहेको र छिटै नै अपराधीहरु पक्राउ गर्ने प्रहरी उपरीक्षक काफ्लेलेको दावी छ ।

प्रिन्सिपल स्वर्णकार सोमबार मध्याह्न साढे १२ बजेतिर खाजा लिन घरबाट पाँच सय मिटरको दूरीमा रहेको रोजबेरी होटलतिर गएका थिए ।

चाउमिन बोकेर पुनः घरतर्फ फर्किँदा पौने १ बजे गोली प्रहार भएको थियो ।

यता मृतक प्रिन्सिपल स्वर्णकार परिवारले भने प्रहरी प्रशासनले घटनालाई तोडमोड गरेर परिवारको चरित्र हत्या गर्ने गरी षडयन्त्र गरेको आरोप लगाएको छ ।

प्रहरीको अनुसन्धान प्रति प्रश्न चिन्ह खडा गर्दै परिवारले घटनाका यर्थात छानविन गर्न माग गरेका छन् ।

साझा गर्नुहोस्