शिक्षामा देखिएको कमी कमजोरी क्रमश सुधार गर्दै जाने – प्रवक्ता यादव

गढिमाइ खबर
192 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

कलैया : बाराको पचरौता नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर ५ का वडा अध्यक्ष लक्ष्मी यादवले गुणस्तरीय शिक्षाका लागि धेरै बजेट छुटयाईएको बताएका छन।

पचरौता नगरपालिकाको बेनौली विद्यालयमा सोमबार पत्रकार सम्मेलन गरी उनले शिक्षामा पचास प्रतिशत बजेट छुटृयाईएको बताएका हुन्।

उनले खुल्ला रुपमा रहेको विद्यालयमा पर्खाल र विद्यालयको रंग रोगन लगायतको काम गरिएको समेत उनले बताए। नगरपालिकामा चार वटा माध्यमिक विद्यालय सञ्चालनमा ल्याईएको उनले बताए।

एस. ई.ई. परीक्षामा राम्रो अंक ल्याउने विद्यार्थीहरुलाई पुरस्कारको समेत ब्यवस्था गरिएको उनले बताए ।बिधार्थीहरुको लागि निःशुल्क कोचिङ्गको ब्यवस्था गरेको समेत उनले जानकारी दिए। पचरौता नगरपालिकाका जनता बिकाशको पक्षमा रहेको उनले बताए।

उनले पचरौता नगरपालिकाको बिभिन्न वडामा देखिएको खानेपानीको समस्या समाधान गरिएको जानकारी दिए।उनले नगरपालिकाले किसानहरुको कृषि मिटरको महसुल समेत बुझाउने गरेको जानकारी दिए ।

उनले नगरपालिकाले सहज रुपमा सेवाग्राहीहरुलाई सेवा प्रवाह गरिरहेको बताए। उनले बिपक्षीहरुले नगरपालिकाले भ्रष्ट्राचार गरेको भनी भ्रम फैलाईरहेको आरोप लगाए। नगरपालिकाले भ्रष्टाचार गरेको भए प्रमाणित गर्न उनले चुनौती दिए ।

साझा गर्नुहोस्