पर्सागढीको चार वटा वडामै अझै छैन स्वास्थ्य चौकी

गढीमाईखवर डट कम
पढ्न लाग्न समय 3 मिनेट

राम मण्डल/
पर्साको एक नगरपालिकाको चारवटा वडामा अझै स्वास्थ्य चौकी नै निर्माण हुन सकेको छैन ।

पर्साको पर्सागढी नगरपालिकामा रहेको ९ वटा वडाहरु मध्ये चार वटा वडाहरुमा अझै स्वास्थ्य चौकी छैन ।

९ वटा वडाहरु रहेको पर्सागढी नगरपालिकाको वडा नम्बर १,३,७ र वडा नम्बर ९मा हालसम्म पनि स्वास्थ्य चौकी निर्माण हुन सकेको छैन ।

स्थानीय सरकार आएको पाँच बर्ष बित्नै लाग्दासमेत नगरपालिकाकै वडामा स्वास्थ्य चौकी नै नहुदा त्यहाँका स्थानीयबासीहरुले सहज रुपमा स्वास्थय सेवा पाउन सकेका छैन ।

सरकारले स्थानीय तहमातहत शिक्षा कृषि र स्वास्थ्यलाई गाभेर थप बिकसित बनाउने प्रयास गरेको भएपनि स्थानीय तहहरुले विकास गर्नुको सटा उल्टै ती क्षेत्रहरुलाई अबिकसित क्षेत्रको रुपमा परिणत गरिदिएको कुरा पर्सागढी नगरपालिकाको उदाहरणलाई लिन सकिन्छ ।

चुनाव जितेर जनप्रतिधिनिधीहरु आएको पाँच बर्षसम्म पनि नगरको वडामा स्वास्थ्य चौकी नहुदा स्थानीय नगरबासीहरु भने समान्य प्रकारको स्वास्थ्य जाँच गराउन तथा खोप लगाउनको लागि पनि नगरकै अन्य वडामा पाँच किलोमिटर यात्रा गरेर पुग्नुपर्ने बाध्यता रहेको सथनीयहरु बताउँछन ।

नगरपालिकाको वडा नम्बर ४ मा रहेका करिब स साना दर्जन जति टोलहरुका स्थानीयबासीहरु स्वास्थ्यमा समस्या आए निजी क्लिनिकमा महँगो शुल्क तिरेर स्वास्थ्य उपचार गराउन बाध्य भएको वडा नम्बर ४ निवासी रेबिन्द्र काकीले बताए ।

वडामा स्वास्थ्य चौकी नभएका कारणले बालबालिका,महिला गर्भवतीहरुलाई दिईने खोप सेवा पनि अय वडाको स्वास्थ्य चौकीमा गएर लिनुपर्ने अथपा स्वास्थ्यकर्मीलाई वडामै बोलाएर आँगनमा बसेर लिनुपर्ने बाध्यता रहेको उनले जानकारी दिए ।

‘समान्य किसिमका उपचारको लागि स्थानीयलाई पाँच किलोमिटर भन्दा बढी यात्रा गरेर अन्य वडाको स्वास्थ्य चौकीमा जानुपर्ने अवस्था छ,उनले भने,नगरपालिकाले हालसम्म एउटा स्वास्थ्य चौकीसमेत यहाँ बनाउन नसक्दा स्थानीयहरु उक्त सेवाबाट बञ्चित छन ।’

नगरपालिकामा बाटोघाटो नाला लगायत आफनै वडाको बिरुवागुठी चोकमा प्रदेश साँसदले ठुलो स्वागतद्वार बनाई दिएको भएपनि स्वास्थ्य चौकी बनाउनेतर्फ कसैको ध्यान नगएको कार्कीले गुनासो गरे ।

वडाबासीहरुलाई खोप लगाउनमा समेत समस्या परेपछि सँघीय सरकारले आर्थिक बर्ष २०७६/७७ मा ८२ लाख बजेट स्वास्थय चौकी भवन बनाउन दिएको भएपनि उक्त बजेट कामै नगरि नगरपालिकाका मेयरका कारण फ्रिज भएको वडा नम्बर ४ का वडाध्यक्ष उद्धव प्रसाद उप्रेतीले आरोप लगाए ।

बजेटलाई चलाएर स्वास्थ्य चौकी भवन निर्माण गराउन आफुले वडादेखि नगरसम्म धाउदासमेत मेयरकै लापारवाहीले उक्त बजेट पनि फ्रिज भएर सरकारले फिर्ता लगेको उनले बताए ।

‘मेरो वडाको बिकाश निर्माणमा मैले ध्यान दिदै आएकाले एउटा स्वास्थय चौकी पनि होस भनेर बजेट आउदा पहल मैले गरेकै हु,उनले भने,तर मेयरकै लापारवाहीका कारणले सरकारले दिएको बजेट पनि फिर्ता हुदा स्वास्थ्य चौकी भवन बनेन ।

’निर्बाचित भएको पाँच बर्ष बित्नै लाग्दा पनि आफनो वडामा स्वास्थय चोकी बन्न नसकेर नै आफुले वडाको १० लाख बजेट स्वास्थ्य चौकी भवन निर्माणको लागि यसपालि छुटयाएको उप्रेतीको भनाई छ ।

साझा गर्नुहोस्
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *