पर्सामा बढ्न थाल्यो सम्बन्धविच्छेदका मुद्दा,एक बर्षमा तीन सय ४३ वटा मुद्दा दर्ता

गढिमाइ खबर
178 पाठक संख्या पढ्न लाग्न समय 2 मिनेट
पढ्न लाग्न समय 2 मिनेट

वीरगञ्ज । पछिल्लो समय देशभरमा सम्बन्धविच्छेद सम्बन्धी मुद्दा बढ्न थालेका छन ।

देशभर सम्बन्धविच्छेदका मुद्दा दर्ता गर्ने बढिरहदा मधेस प्रदेशको पर्सा जिल्लामा पनि यो क्रमम बढ्को हो । पर्सामा गत बर्षको तथ्याङक हेर्ने हो भने घरेलु हिंसाका भन्दा पनि बढी सम्बन्धविच्छेदका मुद्दा दर्ता भएको छ ।

गत आर्थिका बर्षमा पर्सामा तीन सय ४३ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएको पर्सा जिल्ला अदालतको तथ्याङकले देखाउछ ।

आ.ब. २०८१/०८२ मा दर्ता भएका तीन सय ४३ वटा सम्बन्धविच्छेदका मुद्दा मध्ये दुई सय ६४ मुद्दा फछ्र्योट भएको पर्सा जिल्ला अदालतले जनाएको छ । गत आ.व.मा सम्बन्धविच्छेदका ७९ वटा मुद्दा फछ्र्योट हुन बाँकी जनाईएको छ ।

अन्य जिल्लामा सम्बन्धविच्छेदका मुद्दा भन्दा घरेलु हिंसाको मुद्दाहरु धेरै दर्ता हुने भएपनि पर्सामा भने जिल्लामा घरेलु हिंसा भन्दा बढी सम्बन्धविच्छेदका मुद्दा भएको पर्सा जिल्ला अदालतका न्यायाधीश नन्दकिशोरप्रसाद यादवले बताउनुभएको छ ।

न्यायाधीश यादवका अनुसार घरेलु हिंसाका मुद्दा स्थानीय तहको न्यायिक समिति, प्रहरीलगायत निकायहरुमा नै सहमति वा मिलापत्र हुने भएकाले पनि सम्बन्धविच्छेदका मुद्दा बढेको हुन सक्ने जनाएका छन ।

जिल्ला अदालतको रेकर्ड अनुसार गत आवमा ९५ वटा घरेलु हिंसासम्बन्धी मुद्दा दर्ता भएकामा ५३ मुद्दा फछ्र्योट भएको हो । जसमा ४२ वटा मुद्दा भने फछ्र्योट हुन बाँकी छन् ।

गत आवमा पर्सामा जबर्जस्ती करणीका ९८ वटा मुद्दा दर्ता भएकामा ५६ वटा मुद्दा फछ्र्योट भएका छन् भने ४२ वटा फछ्र्योट हुन बाँकी रहेको पर्सा जिल्ला अदालतले जनाएको छ् ।

साझा गर्नुहोस्