कलैयाबाट हराईरहेकी तीन वर्षकी बालिकालाई बारा प्रहरीले ३ घण्टा भित्र फेला पारी उद्दार

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 133
पढ्न लाग्ने समय : 1 मि.

गढीमाई संवाददाता/

बारा प्रहरीले कलैयाबाट हराईरहेकी तीन वर्षकी बालिकालाई प्रहरीले ३ घण्टा भित्र फेला पारी उद्दार गरेको छ ।

कलैया उपमहानगरपालिका वडा नम्बर २ कवलपुरका श्यामबाबु यादवकी छोरी तीन वर्षिया छोरी रागिनी यादव सोमबार बिहान १० बजेतिर कलैया बजारबाट हराएकी थिइन् । उद्धार गरिएकी बालिकालाई उनकी आमा चिन्ता देवी यादवलाई जिम्मा लगाएर पठाइएकोे बाराका प्रहरी नायब उपपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

बालिका हराएको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यलय बाराको प्रहरी टोलीले कलैया उपमहानगरपालिका वडा नम्बर १ राजदेवी मन्दिर नजिकै फेला पारी उद्दार गरेको हो ।

फोटोः उद्धार गरिएकी बालिका

 

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।