मकवानपुरमा क्रेन दुर्घटना हुदा सहचालकको मृत्यु,चालक घाईते

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 184
पढ्न लाग्ने समय : 1 मि.

मकवानपुरमा क्रेन दुर्घटना हुदा च्यापिएर पर्साका एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन ।क्रेनले च्यापिएर सहचालक पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ७ बिश्रामपुर बस्ने बिपन महतोको मृत्यु भएको हो ।

दुर्घटनामा परि पर्साकै सदरमुकाम वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० लालपर्सा टोल बस्ने क्रेन चालक दशरथ पासवान घाईते भएका छन ।बिहीबार बिहान पौने ६ बजेको समयमा हेटौंडा उपमहानगरपालिका–१५ स्थित रातोमाटेमो ना १ क ६०५५ नम्बरको हाइड्रा क्रेन आफैँ अनियन्त्रित भई सडकको छेउमा पल्टिएको थियो ।

दुर्घटनामा क्रेनले च्यापिएका सहचालक महतोको उपचारको क्रममा हेटौडा अस्पतालमा ज्यान गएको मकवानपुरकी प्रहरी प्रबक्ता लक्ष्मि भण्डारीले जानकारी दिईन् ।दुर्घटनामा चालक पासवान भने समान्य घाईते भएका छन ।चालक र क्रेनलाई प्रहरी नियन्त्रणमा राखी थप अनुसन्धान भईरहेको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

 

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।