सिमरा : नेपालमा पहिलो नजिर स्थापना हुदै पुर्व प्रधानमन्त्री विरुद्ध भ्रष्टाचार सम्बन्धी मुद्दा दायर भएको छ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीवार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारले पतञ्जली योग पीठको नाममा जग्गा खरिद–बिक्रीमा भ्रष्टाचार गरेको भन्दै उनी विरुद्ध मद्दा दायर गरेको छ । सो प्रकरणमा नेपालसहित ३ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो ।
यसैवीच पुर्व प्रधानमन्त्री नेपाल आफूमाथि लागेको भ्रष्टाचार सम्बन्धी आरोपप्रति कडा आपति जनाउँदै ती सबै निराधार भएको बताएका छन्। गृह जिल्ला रौतहटबाट काठमाडौं फर्किने क्रममा बाराको सिमरा विमानस्थलमा विहीबार साँझ सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफु कुनै पनि अनुचित भ्रष्टाचार जन्य काम नभएको बताउनु भएको छ ।
गृह जिल्ला रौतहटबाट काठमाडौं फर्किने बेला बाराको सिमरा विमानस्थलमा सञ्चारकर्मीहरुलाई प्रक्रिया दिदै उनले यस्तो बताउनु भएको हो । विहीबार बिहान काठमाडौंबाट गृह जिल्ला रौतहट आउनु भएका नेपाल उनि विरुद्ध अख्तियारले मुद्दा दर्ता गरेपछि आजै दिउँसो नै काठमाडौं फर्किएका हुन् ।
पत्रकारहरुसंग कुरा गर्दै नेपालले यो मुद्दामा जोडन खोजिएको भन्दै पुर्वाग्रह बाहेक केही पनि होईन,उनले भने । मैले कुनै पनि मन्त्रीलाई कानुन बिपरित काम गर्न निर्देशन समेत नदिएको पुर्वप्रधानमन्त्री नेपालले बताए ।
आफू कुनै पनि भ्रष्टाचारजन्य कार्यमा संलग्न नभएको स्पष्ट पारे । मलाई यस प्रकारको मुद्दामा जोड्न खोजिन्दै छ । यो सबै पूर्वाग्रही सोचबाहेक केही होइन, नेपालले भने। उनले आफूले कुनै पनि मन्त्रीलाई कानुन विपरीत कुनै निर्देशन नदिएको पनि स्पष्ट गरे ।
नेपालसँग १८ करोड ५८ लाख ५० हजार बिगो माग दाबी लिइएको छ। काभ्रेमा रहेको पतन्जली योग पिठ तथा आयुर्वेदिक कम्पनीका नाममा रहेको हदबन्दी छुटको जग्गा किनबेच गरेको आरोपमा अध्यक्ष नेपालसहित ९३ जनाविरूद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।
२०६६ सालमा माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा मन्त्रिपरिषदबाट निर्णय गरेर हदबन्दी छुटमा रहेको जग्गा खरिद गर्ने स्वीकृति दिइएको थियो। तर पछि हदबन्दीभन्दा बढी कानुनविपरीत जग्गा बिक्री गरेको भन्दै उजुरी आएपछि अख्तियारले यसबारे अनुसन्धान थालेको थियो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सो प्रकरणमा नेपालसहित (३ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो । दायर गरेसँगै,सार्वजनिक ओहदाको व्यक्तिको पद स्वतः निलम्बन हुने प्रावधानअनुसार रौतहट प्रतिनिधि सभा क्षेत्र नं. १ बाट निर्वाचित सांसद माधवकुमार नेपालको पद निलम्बनमा परेको छ ।









