सडक दुर्घटनामा तीन घाइते,एक गम्भीर

गढिमाइ खबर
158 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

कलैया : बाराको जितपुरसिमरा उपमहानगरपालिका १७ रामनगर स्थित भित्री सडकमा सोमबार भएको सवारी दुर्घटनामा परी तीन जना घाइते भएका छन्। घाइतेमा एक जना गम्भीर रहेका छन्।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले एक प्रेस विज्ञप्ति जारी गरी यस घटनाबारे जानकारी दिएका हुन्।

मोटरसाइकलले साइकललाई ठक्कर दिदा मोटरसाइकल चालक बारा सिम्रौनगढ वडा नं.१ खजानीका ३० वर्षीय नितेश जैसवाल घाइते भएका छन्। आँखा र निधारमा चोट लागेकोमा उनको अवस्था सामान्य रहेको छ।उनको उपचार न्यूरो अस्पताल परवानीपुर बारामा उपचार भइरहेको छ।

सोही मोटरसाइकलमा सवार बारा कोल्हवी नगरपालिका (वडा नखुलेको) १७ वर्षीया रानी चौधरीको अवस्था गम्भीर रहेको र उनी बोल्न नसक्ने अवस्था रहेको छ। साईकल यात्रि जितपुर सिमरा उपमहानगरपालिका १७ रामनगर बस्ने ५५वर्षीय कृष्णाबहादुर राउतको टाउँको र छातिमा चोट लागेको र उनको अवस्था मध्यम रहेको छ।

घाइतेहरुको न्युरो अस्पताल परवानिपुर बारामा उपचार भईरहेको प्रहरीले जनाएको छ। रामनगर बाट परवानिपुर तर्फ जादै गरेको बिआर–०६ सिसि ९९४५ नं. को मोटरसाइकलले ठक्कर दिएको हो।

विपरित दिशा बाट आउदैँ गरेको साईकललाई मोटरसाइकललाई ठक्कर दिएको हो। मोटरसाइकल र साईकल प्रहरी चौकी जैतापुर बाराको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

साझा गर्नुहोस्