कलैया : बारा प्रहरीले प्रतिबन्धित लागु औषध चार हजार पाँच सय एम्पुल नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार आदर्शकोतवाल गाउँपालिका वडा नं. ०४ हर्नैया चौक स्थितमा दुईवटा आँपको क्यारेट बेवारिसे अबस्थामा सो एम्पुल रहेको हो।
ईलाका प्रहरी कारयालय महेन्द्रजयनगरबाट प्रहरी नायब निरीक्षक रबिन्द्र साह तुराहाको कमाण्डमा खटिएको प्रहरी टोलीले सो बरामद गरेको हो।
प्रहरी टोलीले सोही स्थानमा पुगी आँपको क्यारेट बरामद गरी कार्यालयमा ल्याई खोली हेर्दा उक्त आँपको क्यारेट मुनि सो एम्पुल बरामद गरेको हो। प्रतिबन्धित लागू औषध एम्पुलमा नोर्फिन १५०० पिस,फेनारगन १५०० पिस र डाईजोपाम १५०० पिस रहेको छ।









