राम मण्डल
चालु आर्थिक बर्ष २०७८/७९ को पहिलो ३ महिनामा पर्सा जिल्लामा बिभिन्न अपराधमा तीन सय वटा मुदा दर्ता भएका छन ।
चालु आर्थिक बर्षको साउन भदौ र असोज गरि तीन महिना भित्रमा जिल्लामा भएका बिभिन्न घटनामा कुल तीन सय ७२ वटा मुदाहरु जिल्ला प्रहरी कार्यालय पर्सामा दर्ता भएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले दिएको तथ्याँङ्क अनुसार कर्तब्य ज्यान,ज्यान मार्ने उधोग,लागुऔषध चोरी,जबरजस्ती करणी, बैकिङ कसुर, ठगी लगायतका कुल तीन सय ७२ वटा मुदाहरु दर्ता भएका छन ।
पर्सामा साउन महिनामा कुल १ सय १४ वटा मुदा दर्ता भएका छन भने,भदौमा १ सय ३९ वटा र असोज महिनामा १ सय १९ वटा मुदाहरु द्यर्ता भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रबक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिएका छन । ३ महिनाको अवधिमा सबै भन्दा बढी सार्बजनिक हित सुरक्षा नैतिकता बिरुद्धको कुल ८४ वटा मुदा दर्ता भएका छन ।
यस्तै यो अवधिमा पर्सामा लागुऔषधका ६० वटा मुदाहरु दर्ता भएका छन ।
जस मध्ये साउन महिनामा १९ वटा, भदौमा २३ र असोजमा १८ वटा मुदाहरु जिल्ला प्रहरी कार्यालय पर्सामा दर्ता भएको हो ।
त्यसैगरि बितेको ३ महिनामा चोरीका ४१ वटा, सार्बजनिक शान्ति बिरुद्धको कसुरको ४० वटा दर्ता छन ।
बिगत ३ महिनाको अवधिमा पर्सामा १९ जनाले झुण्डिएर आत्महत्या गरेको प्रहरीको तथ्याँङ्कले देखाएको छ ।
जसमा साउनमा ७ जना, भदौमा ५ र असोज महिनामा ७ जना गरि १९ जनाले झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जर्नाएको छ ।
चालु आर्थिक बर्ष पहिलो ३ महिनामा पर्सामा बैकिँङ कसुरको १९, ठगी सम्बन्धी १८, ज्यान सम्बन्धी र भबित्ब्य ज्यानको ११/११ वटा मुदाहरु दर्ता भएका छन ।
यस्तै जबरजस्तीकरणीको ११, जबरजस्तीकरणी उद्योगका २, सवारी ज्यानका १०, सवारी अँगभग र अपहरणका एक÷एक वटा मुदा दर्ता भएको छ ।
यस्तै यसै अवधिमा नागरिकता सम्बन्धी ३, बोक्सीको आरोपको २, मानवब बेचबिखनका ३, बहुबिबाहका २ तथा बालबबिाहका १ वटा मुदा जिल्ला प्रहरीमा दर्ता भएको छ ।
त्यस्तै हातहतियार तथा खरखाजानाका ३, परिक्षाको १, कुटपिट अँगभगका ३, कालोबजारीका १, बितीय कारोबार हुण्डीका ७, दाईजोको १, अपराधिक उपद्रवका २, प्रतिलिपी अधिकारको १ र थुनुवा भगाएको एक वटा मुदा दर्ता भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक वेलबहादुर पाण्डेले बताएका छन ।