कलैयामा पत्रकार अचारसंहिता अन्तरक्रिया सम्पन्न

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 281
पढ्न लाग्ने समय : 2 मि.

रञ्जन यादब/
बाराको कलैयामा पत्रकार अचारसंहिता सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मधेश प्रदेस मिडिया काउन्सिल जनकपुरधामको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा बारा र पर्सा जिल्लाका पत्रकारहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य के.सि. लामिछानेले पत्रकारहरुले गर्न हुने र गर्न नहुने अचारसंहिताको बिषयमा जनाकारी गराएका थिए ।

मधेश प्रदेश मिडिया काउन्सिलका कार्यबहाक अध्यक्ष कैलास दासले पत्रकारहरु स्वयम आफुहरुको लागि अचारसंहिता बनाएकाले यसको परिपालना गर्नु पत्रकारको नैतिक धर्म भएको बताउँनुभयो । उपस्थित पत्रकारहरुले पत्रकारितामा बिकृती हाबी भएको र लोक कल्याणकारी बिज्ञापण प्राप्तीको लागि सास्ती खेप्नु परेको बताएका थिए ।

आमसञ्चार प्राधिकरण मधेश प्रदेसका अध्यक्ष श्याम सुन्दर यादबले पत्रकारहरु प्रेस प्रतिनिधि कार्ड,मिडिया सुचिकरण र लोकल्याणकारी बिज्ञापणको लागि काठमाडौँ दौड्नुपर्ने प्रबृतीको अन्त्य गर्न लागेको बताउँनुभयो । आवश्यक जनशक्ति र बजेटको अभावमा कामलाई अघि बढाउँन नसकिरहेको दुखेसो गर्नुभयो ।

प्रदेश सरकारले प्रदेशभित्रका पत्रकारहरुको एक लाखको स्वास्थ्य बिमा र साँत लाख रुपैया सम्मको दुर्घटना बिमा गर्न लागेको जानकारी दिनुभयो । नेपाल पत्रकार महासंघका मधेश प्रदेस अध्यक्ष राजेश कर्णले स्थानिय मिडियाहरुलाई मिडिया नै नगन्ने प्रबृतीले स्थीती भयाबह बन्दै गएको बताउँनुभयो ।

मिडिया चल्ने अधार बिज्ञापन नै हुने गरेका कारण पत्रकार बाध्यताबस कतिपय स्थितीमा समाचारसँग सम्झौता गर्नुपरेको उदाहरण दिनुभयो । सरकारले पत्रकारहरुको सुरक्षा र पेसागत हक ,हितको ग्यारेन्टी गर्नुपर्ने धारणा राख्नुभयो ।

नेपाल पत्रकार महासंघ बाराका उपाध्यक्ष रामबाबु मेहताको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मनत्बय मिडिया काउन्सिलका प्रशासकिय प्रमुख मुनेश्वर यादबले ब्यक्त गर्नुभएको थियो ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।