एक सय सताइस सवारी साधन बारा प्रहरीको कारवाहीमा

गढिमाइ खबर
पढ्न लाग्न समय 1 मिनेट

बारा प्रहरीले ट्राफिक व्यवस्थापनका लागि संचालित विशेष अभियान अन्तर्गत यातायात व्यवस्था कार्यालय बारा,कलैयाका कर्मचारीहरूको उपस्थितिमा सवारी साधनलाई कारवाही गरेको छ ।

जिल्लाका विभिन्न स्थानहरूमा ट्राफिक नियम विपरित चलाईएका १ सय २७ वटा सवारी साधनहरूलाई सोमबार कारवाही गरेको हो ।

एक लाख २१ हजार चार सय रुपैयाँ राजस्व संकलन गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जनाएका छन् ।

प्रहरीले यस क्रममा तीन थान ब्लुबुकहरु आवश्यक कारवाहीको लागि यातायात व्यवस्था कार्यालयमा पठाएको छ ।

ट्राफिक व्यवस्थापन सम्बन्धि प्रशिक्षण तथा सचेतनामुलक कार्यक्रमहरू प्रहरीले संचालन गरेको छ ।

ट्यागहरू :
साझा गर्नुहोस्
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *