मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आफुले प्रदेशमा भ्रष्टचारलाई शुन्य सहनशिलता ल्याउने गरी काम गर्ने बताएका छन ।
बाराको कलैयामा विहीवार नगरसभा गृहको शिलान्यास गर्दै मुख्य मन्त्री यादवले आफुले भ्रष्टचार नगर्ने र भ्रष्टचार गर्नेलाई नछाड्ने उद्घोष नै गरेका छन ।
आफु कनै दलको मुख्य मन्त्री नभई मधेस प्रदेशको सिंगो मुख्यमन्त्री भएको बताउदै प्रदेशमा शुसासन कायम गर्न, विधीको शासन कायम गर्ने पहिलो प्राथमिकता रहने मुख्यमन्त्री यादवले बताए ।
आफ्नो विपक्षमा एकजनाले पनि विश्वासको मत नदिएको हुदा सबैको अपनत्व हुने गरि प्रदेशमा काम गर्ने मुख्यमन्त्री यादवले प्रतिवद्धता व्यक्त गरे । मधेस प्रदेशमा बिकासका पुर्वाधारहरु अगाडी बढाउदै नेपाल मै नमुना प्रदेशको रुपमा बिकास गर्ने सोच रहेको उनको भनाई छ ।
संघीय सरकार र स्थानीय तहका सरकारहरुसंग समन्वय र सहकार्य गरि अगाडी बढने मुख्यमन्त्री यादवले बताएका छन । मधेस प्रदेशको ८ वटै जिल्लामा एकरुपता अनुसार बिकासको कामलाई अगाडी बढाउदै पालिका, नगरपालिका हुदै सदरमुकाम सम्म जोडने पिच बाटोको निर्माण गर्ने आप्mनो प्राथमिकता रहेको जनाए ।
मुख्यमन्त्री यादवले नेपालको टेन्डर प्रक्रिया नै अवैज्ञानिक रहेको हुदा रकम घटाघाट होईन समय घटाघाट हुने गरि मधेस प्रदेश सरकारले छुटै खरिद ऐन बनाएर अगाडी बढने जानकारी जानकारी दिए ।
उक्त कार्यक्रममा बारा निर्वाचन क्षेत्र नम्बर १ का संघीय सांसद अच्चुत मैनालीले अर्थतन्त्र डमाडोल भईरहेको अवस्थामा सिमित साधन र स्रोतबाट बिकासको लहरलाई अगाडी बढाउनुपर्ने आवश्यकता रहेको बताएका छन ।
उनले प्रजातन्त्रको पुर्नरस्थापनापछि बाराको बिकासलाई पछाडी पादै आएको हुदा अव संगठित भएर लाग्नुपर्ने बेला आएको उनले बताए । शदिहहरुको बदीलानीलाई सार्थक बनाए मात्र उहाँहरुको सपना सकार हुने सांसद मैनाली कथन छ ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै पुर्वमन्त्री एवम् बारा क्षेत्र नम्बर ४ का संघीय सांसद कृष्णकुमार श्रेष्ठ किसानले बारा जिल्लालाई औद्योगिक र पर्टयकिय स्थलको रुपमा बिकास गर्न जरुरी रहेको बताएका छन । जिल्लाको विकासमा सवै दल र जननिर्वाचित प्रतिनिधिहरु एक ठाउमा उभिनुपर्ने आवश्यक रहेको बताए ।
यस्तै कार्यममा बोल्दै संविधान सभा सदस्य प्रमोद गुप्ताले अव बिकास नभए कहिले हुने ? भन्दै प्रश्न गरेका छन । संघ, प्रदेश र स्थानीय तहमा गठबन्धनकै सरकार रहेको बेलामा बिकास हुन जरुरी रहेको गुप्ताले बताए । उनले कलैयामा प्रदेशिक अस्पताल र मानमत मटियर्वा सडक खण्डको शिलान्यास पटक पटक गरेपनि बनाउनु भन्दा पनि ठेकेदार र तत्कालिन अवस्थाका सरोकारवालाहरुले बाराबासीलाई ठग्ने काम मात्र गरेको आरोप लगाए ।
कार्यक्रलाई सम्बोधन गर्दै निवर्तमान प्रदेश साँसद पारस साहले कलैयामा तराई मधेस कला परिषद बनाउन मुख्य मन्त्री यादवको ध्यानआर्कषन गराएका थिए । टाउन हल निर्माण भएपछि बारा, रौतहटका नागरिकहरुलाई प्रत्यक्ष फाईदा हुने उनले बताएका थिए ।
कलैया उपमहानगरपालिकाका मेयर बिनोद साहको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा, प्रदेश सांसद महमद समिर, पुर्व संघीय सांसद रामबावु प्रदास यादव, पुर्व प्रदेश सांसद पारस प्रसाद साह लगायतकाले सम्बोधन गरेका थिए ।
कार्यक्रममा कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नाथु साहले नगरसभा गृहका लागि भ्याट समेत ५ करोड ६० लाख ९५ हजार ३ सय ८८ रुपैया ४८ पैसामा २०८० साल जेष्ठ मसान्त सम्ममा निर्माण ब्यवसायी साहु कन्ट्रक्सन रौतहटले ठेक्का लिएको जानकारी दिए । ठेकेदार कम्पनीले घटी प्रतिशत २७ दशमलव २८ प्रतिशतमा ठेक्का सकार गरेका हुन ।
कार्यक्रममा राम जानकी मन्दिरको १३ कठा जग्गा टाउन हल निर्माणका दिएको हुदा उनलाई मुख्यमन्त्री यादवले दोसल्ला ओढाएर सम्मान गरेका थिए भने मुख्य मन्त्री यादवलाई कलैया उपमहानगरपालिकाका मेयर बिनोद साहले कलैयाको घन्टाघरको तस्विर अंकित मायाको चिनो सहित दोसल्ला ओढाई सम्मान गरेका थिए ।