चिकित्सकलाई धम्की दिई फिरौती माग गर्ने व्यक्ति पक्राउ

गढिमाइ खबर
227 पाठक संख्या

कलैया :बारा प्रहरीले कलैयाका एक जना चिकित्सकलाई धम्की दिई फिरौती माग गर्ने एक जना व्यक्तिलाई शुक्रबार पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ६ घुसुकपुर बस्ने ४८ वर्षीय मदन मिश्र रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले जानकारी दिएका छन्।

मिश्रलाई कलैया उप–महानगरपालिका वडा नम्बर १० शिवपुर चिउटाहाबाट पक्राउ गरिएको उनले बताए।

मिश्रले कलैया उप–महानगरपालिका वडा नम्बर ५ घुसुकपुर बस्ने डा. बिकेश कुमार पाण्डेयलाई चैत ०२ गते देखी पटक पटक फोन गरी धम्क्याउने तथा ऐ.प्लस हस्पिटलमा बम राखिएको छ र फिरौती रु.बिस लाख नगद मागेको प्रहरीले जनाएको छ ।

डा. पाण्डेयले उक्त धम्की तथा फिरौती माग गरेको घटना बारे जिल्ला प्रहरी कार्यालय बारामा जानकारी गराएका थिए ।

उक्त घटनाको अनुसन्धान गर्दै जाँदा धम्क्याउने तथा फिरौती माग्ने कार्यमा संलग्न रहेको मिश्रलाई प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले सीमावर्ती विहार राज्य मोतिहारी प्रहरीको सहयोगमा पक्राउ गरेको हो। उनी माथि थप अनुसनधान भईरहेको प्रहरीले जनाएको छ ।

साझा गर्नुहोस्