प्रहरीले वीरगञ्जबाट एक ट्रकलाई नियन्त्रणमा लिएको छ । बिल बिजक भन्दा बढी औषधी तथा खुद्रा सामान लोड रहेको भन्दै उसले ट्रक नियन्त्रणमा लिएको हो ।
वीरगञ्जबाट कास्कीतर्फ जाँदै गरेको सूचनाको आधारमा ट्रकलाई वीरगञ्ज–१४ मा जाँच गरेको थियो ।
ना.३ ख ५५७६ नम्बरको ट्रकमा लोड भएको सामानहरु बिल बिजक भन्दा बढी भएको पाइएको जिल्ला प्रहरी कार्यालय पर्साका पर्साका प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक कुमारबिक्रम थापाले जनाएका छन् ।
सामान र टकलाई ९९ लाख ६९ हजार ९३ रुपैया मुल्याँकन गरिएको छ ।
ट्रक तथा बरामद सामाग्रीलाई आवश्यक कानुनी प्रकृया पुरा गर्न राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको छ ।









